चीनले कोरोना भाइरसको संक्रमण सुरु भएको वुहानमा बनाएको नयाँ अस्पतालको आज उद्घाटन गर्दैैछ । कोरोना संक्रमितहरुको उपचारको लागि आठ दिनमा बनाइएको एक हजार शैयाको अस्पताल आज उद्घाटन हुने बीबीसीले जनाएको छ ।
बिरामीको उपचारका लागि सुबिधा सम्पन्न रहेको अस्पतालमा चिनियाँ सैनिकका १४ सय स्वास्थ्यकर्मीहरु खटिने छन् । उनीहरु यसअघि पनि कोरोना भाइरस संक्रमितहरुको उपचारमा संलग्न रहेको बीबीसीले जनाएको छ ।यस्तै चीनले १० हजार शैयाको अर्को अस्पताल पनि बनाइरहेको छ ।
दोश्रो अस्पताल पनि बुधबार बनिसक्ने र नयाँ अस्पतालमा सेवा सुरु भएपछि कोरोना संक्रमितहरुको उपचारका लागि पर्याप्त हुने राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता जियाओ याहुइले बताएका बीबीसीले जनाएको छ ।कोरोना भाइरसको कारण चीनमा मात्रै ३ सयभन्दा धेरैको ज्यान गैसकेको छ भने चीन बाहिर हिजो फिलिपिन्समा एक जनाको ज्यान गएको थियो ।
चीनमा मात्रै १४ हजारभन्दा धेरैमा संक्रमण भएको छ भने चीन बाहिरका विभिन्न २४ देशमा १ सय ५० भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।