Aamsanchar

अष्ट्रेलियामा रगत अभाव, झापाली समाज अष्ट्रेलियाले गर्यो रक्तदान

Author Image
आइतवार, माघ २६, २०७६

रक्तदान गर्दै झापाली समाज अष्ट्रेलियाका संस्थापक अध्यक्ष एवं अन्तराष्ट्रिय झापाली समाजका संरक्षक तथा आमसंचार डटकमका अध्यक्ष दिनेश पोखरेल ।

रक्तदान गर्दै झापाली समाज अष्ट्रेलियाका संस्थापक अध्यक्ष एवं अन्तराष्ट्रिय झापाली समाजका संरक्षक तथा आमसंचार डटकमका अध्यक्ष दिनेश पोखरेल ।

२०१३ फेब्रुअरी ९ मा स्थापना भएको झापाली समाज अष्ट्रेलियाको सातौँ स्थापना दिवसको उपलक्ष्यमा यहि फेब्रुअरी ७,८,९ मा रक्तदान कार्यक्रम भव्यताको साथ सिडनीमा सम्पन्न गरिएको छ ।

रक्तदान कार्यक्रमको संयोजन समाजका उपाध्यक्ष अशोक ओलीले गर्नु भएको थियो। हालै अष्ट्रेलियामा गएको भिषण डडेलोको कारणले रगतको अभाव भएको अवस्थामा झापाली समाजले गरेको यो मानविय कार्यलाई रक्तदान केन्द्रका बिभिन्न ब्यक्तित्वहरूले प्रशंसा गरेका थिए।

कार्यक्रममा झापाली समाज अष्ट्रेलियाका संस्थापक अध्यक्ष एवं अन्तराष्ट्रिय झापाली समाजका संरक्षक तथा आमसंचार डटकमका अध्यक्ष दिनेश पोखरेल, सल्लाहकार रुपराज मैनाली, उपाध्यक्ष दिपक चुडाल, झापाली समाज अष्ट्रेलियाका अध्यक्ष उमेश पोखरेल, उपाध्यक्ष अशोक ओली, सचिव अशोक उप्रेती, सह-सचिव मदन धौराली, कोषाध्यक्ष नविन थपलिया, सदस्यहरु तिर्थ खतिवडा, राज कुमार गोश्वामी, अमित श्रेष्ठ, प्रज्ञान श्रेष्ठ, अरूण बिमली, कुशल सिटौला, बिवेक पोखरेल, पायल तुलाधर, लगायतको उपस्थिति रहेको थियो। स्थापना काल देखि नै निरन्तर रूपमा झापाली समाज अष्ट्रेलियाले प्रत्येक वर्ष रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाउदै आएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर