अनिल वाग्ले,
झापा,
न्याय नपाए का“शी जानु भनेझैं यतिवेला माया नपाए होक्से जानु पनि भन्न थालिएको छ । किनकी झापाको बुधबारेमा रहेको होक्से भन्ने गाउ“मा वृद्धवृद्धालाई माया बा“ड्न थालिएको छ ।
वृद्धवृद्धा देशका सम्पत्ति हुन् । वृद्धवृद्धाले इतिहास बोकेका हुन्छन् । स्नेह र प्रेमका खानी यी धरोहर पछिल्लो समयमा अपहेलित र हेलाको दृष्टिले बा“च्न बाध्य भएका उदाहरण हामी सामु प्रसस्तै छन् । वृद्ध भएकै कारण उनीहरुले परिवारबाट माया नपाएका उदाहरण खोज्ने हो भने आफ्नै समाजबाट टाढा गईरहनु पर्दैन । वृद्धवृद्धाका लागि खुलेका वृद्धाश्रममा वर्षेनी वृद्धवृद्धाको संख्या बढ्नुले पनि उनीहरु कुन अवस्थाबाट गुज्रिरहेका छन् भन्ने प्रष्ट हुन्छ ।
धेरै वृद्धवृद्धाले परिवारबाट माया पाएका छैनन् । सन्तानको उज्ज्वल भविश्यको निम्ति जीवन विताएका उनीहरु सन्तानबाटै अपहेलित र छि–छि दुर–दुरको अवस्थाले विरक्तिएका पनि छन् समाजमा ।
तर सबै समाज त्यस्तो छैन, झापाको बुधबारेमा रहेको होक्से भन्ने गाउ“मा वृद्धवृद्धालाई माया बा“डने कार्यको थालनी भएको छ।
साताको ३ दिन छुट्टा छुट्टै संस्थाहरुले वृद्धवृद्धाका लागि नियमित रुपमा भेटघाटको कार्यक्रम राखेर सुखःदुख पोख्ने ठाउ“ जुटाएका छन् ।
घरआ“गनमा मात्र सिमित भईरहेका वृद्धवृद्धा यतिवेला साताको ३ दिन स्कुल झैं जान थालेका छन् । बुधबारे १, २,३ र ६ नम्बर वडाका एक सय बढी वृद्धवृद्धाले रमाउने ठाउ“ भेटाएका छन् । त्यहा“ उनीहरु सामुहिक रुपमा भजन कृतन गर्छन् । धर्मका कुरा सुन्छन् । जीवन भोगाई र संघर्षका कथा पालैपालो एक अर्काका सुन्छन् । उनीहरुलाई यो कार्य आनन्द जुटाउने गतिलो चौतारी नै सावित प्रायः भएको छ ।
झापाको बुधबारे ३ मा रहेको होक्से कृषि सहकारी संरक्षक बनेर गठन गरिएको जेष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीले २०७१ जेठ १० गते देखि यस कार्यलाई निरन्तरता दिइरहेको चौतारीका संयोजक डेगनाथ सापकोटाले जनाएका छन् । प्रत्येक शनिबार होक्से चोकमा वृद्धवृद्धा एक ठाउ“मा भेला भएर भजन कृतन गर्ने, धर्मका कुरा सुन्ने सुनाउने कार्य भईरहेको समितिका सहसंयोजनक हरिशरण कोइरालाको भनाई छ ।
त्यसो त यस कार्यको शुरुवात बुधबारे ३ को आनन्देश्वर शिव मन्दिर र बुधबारे १ को सिद्धिविनायक गणेश मन्दिरले पनि गरेका छन् । त्यहा“ पनि हप्ताको एक दिन वृद्धवृद्धाका लागि छुट्याइएको छ । त्यहा“ पनि ज्ञान मञ्चका कार्यक्रम, भजन किर्तन र वृद्धवृद्धाका जीवन भोगाई र संघर्षका कुरा हुने गरेको छ । आनन्देश्वर शिव मन्दिरका अध्यक्ष पहलमान वरालले वृद्धवृद्धाको मुहारमा हा“सो र जीवनमा खुसी ल्याउन सो कार्यको थालनी गरिएको बताएका छन् ।
‘अहिले संचालनमा रहेका धेरै वृद्धाश्रममा वृद्धवृद्धाको मुहार हेर्दा मृत्युको पर्खाइ प्रष्ट झल्किएको अनुभव हुन्छ ।’–होक्से कृषि सहकारी संस्थाका अध्यक्ष मोहन तिम्सिना भन्छन् ‘ के वृद्धवृद्धाले बुढो भएकै भरमा जीवन देखि विरक्तिनु पर्ने ?, यो अग्रजहरु प्रति अन्याय हो , त्यसैले हामीले यो कार्यको थालनी गरेका हौं ।’ तिम्सिना अध्यक्ष रहेको होक्से कृषि सहकारीले वृद्धवृद्धाको भेटघाट चौतारी कार्यक्रमलाई निरन्तरता दिन र व्यवस्थित बनाउन संस्थाकै जग्गामा भवन बनाउने योजना बनाएको छ । भवन निर्माणका लागि इन्जिनियरबाट नक्शा समेत बनाइएको र खर्चको अभावमा काम सुरु गर्न नसकिएको अध्यक्ष तिम्सिनाले बताएका छन् । उनले सहयोगी हातहरु भए यसै पूर्वेली साप्ताहिकमा सम्पर्क राखेर यो अभियानमा हातमा हात मिलाउन सबैस“ग अपील समेत गरेका छन् । उनले यो अभियान संचालन गर्न जेष्ठ नागरिकका लागि ५ रुपैंया कार्यक्रम संचालन भईरहेको बताएका छन् । पर्याप्त आर्थिक स्रोत जुटाउन नसक्दा सोचे अनुरुपको कार्य गर्न नसकिएको उनले बताएका छन् । ‘अहिले प्रत्येक शनिबार बिहान १० बजेदेखि दिउ“सो २ः३० बजे सम्म वृद्धवृद्धालाई उत्साह र खुसी प्रदान गर्न भजन किर्तन,ज्ञान मञ्च र जीवन भोगाईका वारेमा कार्यक्रम संचालन गरिरहेका छौं ।’तिम्सिना भन्छन्‘ प्रर्याप्त स्रोत हु“दो होत उहा“हरुका निम्ति अडियो भिडियो मार्फत बा“की जीवन उत्साह पूर्ण ढंगले व्यतित गराउन सक्ने थियौं ।’
बुधबारेको १ र ३ नम्बर वडामा थालिएको यो प्रयासले यतिवेला यस क्षेत्रमा वृद्धवृद्धालाई हेर्ने दृष्टिकोणमा परिर्वतन भएको र वृद्धवृद्धामा जीवन प्रति माया बढेको अनुभव स्वयम् वृद्धवृद्धाले सुनाउने गरेका छन् ।
बुधबारे १ का ९० वर्षिय त्रिलोचन कोइरालाले यो कार्यले वृद्धवृद्धामा उत्साह जगाएको भन्दै अभियान मर्न नहुने बताएका छन् । बुधबारे २ का वृद्ध टंकनाथ कुईंकेलले पनि यो कार्यलाई निरन्तरता दिइरहे वृद्धवृद्धामा बा“च्ने आशा कहिल्यै नमर्ने बताए । त्यस्तै बुधबारे ३ का गणेशकुमार अधिकारीले पनि आफ्नो उमेरका एकैठाउ“ भेला हुन पाउ“दा शारिरीक पीडा बा“डिएको बताउ“छन् ।
नेपालमा विभिन्न ठाउ“मा रहेका वृद्धाश्रममा सयौंको संख्यामा वृद्धवृद्धा बसेका छन् । कोहि असहाय छन् भने कोहिको परिवार हु“दा पनि वृद्धाश्रममा बस्नु पर्ने बाध्यता छ । वृद्धाश्रममा वसेका वृद्धवृद्धाका जीवनमा उत्साह र जीवन प्रतिको माया कम रहेको स्वयम् उनीहरुको भनाई छ ।होक्सेमा थालिएको यो अभियानले वृद्धवृद्धामा जीवन प्रति मोह बढेको छ ।