विनोद पाण्डे
नेपालीहरुको महान चार्ड वडादशैको अवसरमा पारेर झापाको जलथल ९ एकबिघेमा दोसो्र साउदी अरव गोल्ड कप २०७३ फुटवल खेल हुने भएको छ ।
मनशान्त गेष्ट हाउस रियाद ११ साउदी अरवले आयोजना गर्न लागेको फुटवल खेलको सम्योजन सिदार्थ युवा परिवार झापाले गर्ने भएको हो ।
आगामी असोज ५ गतेबाट सुरु भई कार्तिक ५ गते समापनहुने भनिएको खेलमा ८ वडा टिम उर्लाबारी फुटवल क्लव, वि.आर.सि. भुटान, चुलाचुली फुटवल क्लव इलाम, कञ्चनजंघा स्र्पोटिङ क्लव भारत, जलथल फुटवल क्लव, बिर्तामोड चारपाने फुुटवल क्वल, साउदी अरब फुटवल टिम खेलमा सामेलहुने जनाईएको छ ।
विगत बर्षमा पहिलो साउदी अरव गोल्डकपको उच्च सफता पछी यस बर्ष हुन गएको दोस्रो गोल्ड कप खेल वाट संकलित रकम तेस्र्रो खेलका लागि खर्चिने योजनाका साथ सुरु गरिन लागेको दोस्रो गोल्डकपका लागि विभिन्न व्यक्ति तथा संस्थाहरु वाट आर्थिक सहयोग जुटन थालेको आयोजक टिमका शुरसिंह विष्टले जनाए अनुसार झापा तोपगाछी निवासी समाजसेवी हरि खड्काले २ लाख, संघिय लोकतान्त्रिक राष्ट्रिय मंचका केन्द्रिय सदस्य हाल साउदी अरव अन्नपूर्ण होटलका संचालक यवा लिम्बुले ६० हजार, सनराईज नेपाली कार्गोका सञ्चालक जेन लामाले ३० हजार, मन शान्त गेष्ट हाउस तिलगंगा काठमाण्डौका संचालक सरोज आलेले विषेश सहयोग गर्ने भएका छ ।



खेल सम्पन्न गर्न अनुमानित लागत ६ लाख ५५ हजार ५ सय लाग्ने भनिएको खेलमा पहिलो पुरस्कार नगद ६० हजार, दोस्रो पुरस्कार ३० हजार सहित ट्रफी र प्रमाण पत्र खेलाडी र टिमले प्राप्त गर्नेछन । त्यसैगरी बेष्ट प्लेयरलाई ५ हजार, हाईस्कोररलाई ५ हजार, बेष्ट किपर लाई २ हजार ५ सय, बेष्ट डिफेण्डरलाई २ हजार ५ सय, बेष्ट फर्वाडलाई २ हजार ५ सय, बेष्ट कोचलाई २ हजार ५ सय र प्रत्यक खेलमा म्यान अफ द म्याचहुनेलाई नगद १ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
खेलको उद्घाटन अघि जलथल–३ को सुकुम्वासी टोल, जलथलमा रहेका बडाबारी स्कुल, कञ्चनश्री स्कुल, धनुशा स्कुल, शान्ति स्कुल र राजगढमा रहेको शुन्दर पुरस्कार स्कुल, शुन्दरपुर सुकुम्बासी टोलका गरि १ हजार जना बालबालिका बिद्यार्थीहरुलाई कापी, पेन्सील, लेजर लगायत शैक्षिक समाग्री पनि वितरण गरिने सुरसिंह विष्टले जनाएका छन ।


