बिर्तामोड । कोरोना भाईरसले विश्वलाई आतंकित बनाई रहेको अवस्थामा नेपाल पनि उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले बताईसकेको छ ।
नेपालमा यतीवेला मानिसको चहलपहन क्रमस् कम हुदै गएको छ । सरकारले ठुला ठुला भेला सम्मेलन जस्ता कार्यक्रम आयोजना नगर्न सुचना जारी पनि गरेको छ । मौषमका हिसाबले पनि यो समय विभिन्न सरुवा रोगको जोखिम धेरै हुने महिनामा पर्छ, पर्यटक र सर्वसाधारणको आवतजावत पनि सधै यो मौषमामा कमी हुनेगरेको त्यसमाथी कोरोनाको संक्रममणको हल्ला चलेसंगै एतिवेला मानिसको चहल पहल कम हुदै गएको छ भने विगतको भन्दा झापाको भद्रपुर विमान स्थलमा यात्रुको संख्या लगभग ५० प्रतिशतले कमी देखिएको शनिबार मध्यान्नमा भद्रपुर विमान स्थल पुगेका एक यात्रुले जानकारी दिए ।
विगतका बर्षमा फागुन चैत्र महिनामा त्यसैपनि यात्रुले हवाई टिकट बुकिङ गर्नेको संख्या कमी हुने गरेको थियो योबर्ष केहिदिन देखि कोरोनाको हल्लाको कारणले २० देखि २५ प्रतिशत टिकट बुकिङमा कमी आएको नाम उल्लेख नगर्ने सर्थमा भद्रपुर विमान स्थलमा खटिएका यतिएयरलाइन्सका कर्मचारीले बताए ।
भद्रपुर विमान स्थल सधै खचाखच हुने गरेको भएपनि शनिबार मध्यान्नमा यात्रुको संख्या औलामा गन्ने मात्र देखिएका थिए ।
उता नेपाल सरकारले नेपालबाट सीधा उडान रोक्न प्रारम्भिकरुपमा छलफल भएको छ । तर, अध्ययनपछि मात्रै ठोस निर्णय गर्नुपर्ने भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणसँग सुझाव मागेको थियो । नेपाल र सम्बन्धित मुलुकको स्वास्थ्य सतर्कता र संवेदनशीलता हेरेर यो निर्णय लिन सकिने प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । प्राधिकरणले प्रतिवेदनमा मुलुकभित्र कोरोनाको संक्रमित बिरामी पुष्टि नभएका कारण तत्कालै उडान अवतरण रोक्नपर्ने अवस्था नरहेको सझाव दिएको अवस्थामा नागरिक आफै सचेत बनेर भिडभाडमा आवतजावत बन्द गर्न थालेका छन त्यसको असर आन्तरिक उडानमा पर्न थालेको हुनसक्छ ।
फोटो: सरद जोशी