Aamsanchar

तमलोपा अध्यक्षको घरबाट ब्रिफकेस लुटियो, छोरी घाइते

Author Image
शनिवार, भदौ २५, २०७३

mahanta thakur

भक्तपुर ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको सानो ठिमीस्थित घरमा अपरिचित एक व्यक्तिले ठाकुरका छोरी ३२ वर्षीया डा मीनाक्षी ठाकुरलाई आक्रमण गरी ब्रिफकेस लुटेर फरार भएको छ ।

शुक्रबार राति करिब ७ः३० बजे माक्स लगाएको अपरिचित उक्त व्यक्ति ठाकुरको छोरी र काम गर्ने एक जना केटा मात्रै भएको बेलामा घरमा प्रवेश गरी आक्रमण गरेको प्रहरीले जनाएको छ ।

घरमा प्रवेश गरी छोरी डा मीनाक्षीको आँखामा खुर्सानी दलेपछि प्रतिकार गर्न खोज्दा धारिलो हतियार प्रहार गर्दा उनी घाइते भएको प्रहरीले जनाएको छ ।

हात र टाउकोमा चोट लागेपछि मीनाक्षीको नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बर्जाचार्यले जनकारी दिनुभयो ।

आक्रमण गरे लगत्तै नकाबधारी उक्त व्यक्ति अध्यक्ष ठाकुरको कोठामा पसेर कालो ब्रिफकेस लिएर फरार भएको प्रारम्भीक अनुसन्धानमा खुलेको उहाँले जानकारी दिनुभयो ।

प्रहरीले चारवटै नाका बन्द गरी कुकुरसहितको टोलीले फरार व्यक्तिको खोजी गरिरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर