Aamsanchar

दमक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा ढकाल निर्वाचित

Author Image
आइतवार, भदौ २६, २०७३

दमक ।

rrrr

दमक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजेन्द्र ढकाल निर्वाचित हुनुभएको छ । आज बिहान २ बजे सम्पन्न मतपरिणामअनुसार आफ्ना दुई प्रतिस्पर्धीलाई हराउँदै उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

स्वतन्त्र प्यानल खडा गरी आएका अध्यक्षका उम्मेदवार ढकालले नेपाली काँग्रेससहितको संयुक्त लोकतान्त्रिक प्यानल र एमालेसहितको संयुक्त प्यानलका दुई सशक्त उम्मेदवारलाई पराजित गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा स्वतन्त्र प्यानलकै विमल खतिवडा विजयी हुनुभएको छ । त्यस्तै, प्रथम उपाध्यक्षमा गोपाल गुरागाईं विजयी हुनुभएको छ ।

द्वितीय उपाध्यक्षमा युवराज घिमिरे र ताराप्रसाद अधिकारी तृतीय उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । यसैगरी, लेखा संयोजकमा गङ्गा ढकाल तथा लेखा सदस्यमा कृष्ण दाहाल र पारस आचार्य विजयी हुनुभएको छ ।

यसैगरी कार्यसमितिको दुई महिला सदस्यमा श्रेष्ठ प्यानलकी प्रजिता दङ्गाल र रमा लिम्बू निर्वाचित हुनुभएको छ ।  यसैगरी वस्तुगततर्फ पाँचजना सदस्यमा राजेन्द्र दङ्गाल, भेषराज धमला, ज्ञाननाथ पौडेल, टीका प्रसार्इं र तुलसी दङ्गाल विजयी हुनुभएको छ ।

यस्तै, छजना खुल्ला सदस्यतर्फ नवीनकुमार अग्रवाल, विमल नेपाल, राजु खड्का, दीपेन्द्र ढुङ्गेल, कृष्णराज दाहाल निर्वाचित हुनुभएको छ ।  सङ्घमा कुल मतदाता दुई हजार ४४८ रहेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर