जनकपुर । जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भोगन्द्र पाठकलाई कोरोना भाइरस संक्रमणको आशंका गरेर स्थानीयको दवावमा क्वारेन्टाइनमा भर्ना गरिएको छ।
वडा अध्यक्ष पाठक आइतबार भारत बिहारको मधुवनी पुगेर आएका थिए ।
उनी मधुवनीबाट फर्केर घर आएपछि त्रसित बनेका स्थानीयले इलाका प्रहरी कार्यालय खजुरीमा वडाध्यक्ष पाठकबारे जानकारी गराएर क्वारेन्टाइनमा राख्न प्रहरीलाई दवाव दिएको थियो ।
त्यसपछि प्रहरी निरीक्षक देवेन्द्र रोकायाले उनलाई क्वारेन्टाइनमा राख्नुपर्ने विषयमा गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेर क्वारेन्टाइनमा पठाइएको थियो ।
उनलाई जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ स्थित खजुरीमा रहेको विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा भर्ना गरिएको छ ।
वडाध्यक्षसँगै सो क्वारेन्टाइनमा ९ जना छन् । क्वारेन्टाइनमा वडाध्यक्षसहित विदेशबाट आएका ८ जनाहरु समेत भर्ना छन् ।