चारपाने: झापाको बिर्तामोड–२ चारपानेमा रहेको डोनिका कंक्रिट उद्योगमा काम गर्दै आएका १५ परिवारमा लकडाउनको प्रत्यक्ष असर परेको छ ।
कोरोना भाईसर नियन्त्रण व्यवस्थापनको लागि सरकारले गरेको लकडाउन १६औं दिन सम्म आईपुग्दा त्याहाँका मजदुरहरु भोकभोकै रहने अवस्थामा पुगेका छन ।
उद्योगमा विभिन्न जिल्लाबाट आएका र स्थानिय गरि उद्योगको क्वाटरमा बस्ने १५ घरका ८० जना भन्दा धेरै सदस्य समस्यामा परेका हुन ।
छरछिमेकी नरनात आफन्त हुनेहरु त अैचौ पैंचो गरेर पेट भर्ने गरिरहेका छन, अतिविपन्न परिवारलाई स्थानिय सरकारले रहात बितरण गर्दै आएको छ । तर यस उद्योगमा कामगर्ने हरुको न दिनसक्ने छिमेकी छन न मायाँ र सहयोग गर्ने आफन्त नै, एक्लो भएका छन, स्थानिय सरकारले उद्योगमा काम गर्ने मजदुरलाई संचालकले नै हेर्नुपर्ने भनेको छ । त्यसकारण उद्योग भित्र रहेका मजदुर प्रति स्थानिय जनप्रतिनिधीको पनि ध्यान पुगेको छैन, उद्योग बाहिरी समाजमा रहेकालाई राहत व्यवस्थापन गर्न नै व्यस्त रहनु पर्ने बाध्यतामा परेका छन जनप्रतिनिधीहरु । मजदुर जनप्रतिनिधी समक्ष भन्न आउन पनि सक्दैनन र कहाँ जाने को हुन जनप्रतिनिधी पनि चिनेका छैनन र जाने ठाउँ पनि पत्तो पाएका छैनन त्याहाँका मजदुरहरु ।
उद्योग भित्र रहेका मजदुरहरु यस्तो भन्छन
म डोनिका होलो ब्लकमा ५ बर्ष देखि काम गर्दै आएछु बाह्रै महिना काम हुदैन केही महिना काम गरो केही महिना त्यसै बस्नु पर्ने हुन्छ काम गर्दा कमाएको पैषाले अरुनै महिना पुग्दैन थियो यतीवेला ठुलो समस्यामा परेका छौ यो भनाई मजदुर प्रकाश गौतमको हो ।
त्यसैगरी कमला काफ्ले भन्छिन म यसै नगरपालिकाको नागरिक हुँ यतीवेला हामिलाई नगरपालिकाले हेर्नु पर्यो, अरुवेला हामि आफ्नो दुख गरेकै थियो । नगरपालिका संग सहयोग मागेका थिएनौं ।
उदयपुरकी सानु लिम्बुको पिंडा पनि कम छैन कोठामा चामल, तेल सकिएको छ । बाहिर कतै जाउँ भने पुलिसले गेट नखोल्नु भनेको छ, कसो पो गर्नु ।
त्यसैगरी उद्योग स्थापना भए देखि १२ बर्ष देखि काम गर्दै आएका समिर राई भन्छन हामिलाई केही दिन थेग्ने चामल, तेल, दाल, नुन भए बाच्ने थियौं । भोकले नानी केटाकेटीहरु रुन कराउन थाले
यित त्याहाँका प्रतिनिधी पात्रहुन त्यस उद्योगमा दैनिक ज्यालादारीमा काम गर्ने १५ परिवारको समस्या उस्तै छ । मासिक सरदर १५ हजारको कमाईले खानु लाउनु स्वास्थ्य उपचार र उद्योगले भाडाँमा लगाएको कटेरोको भाडा एक जार देखि ३ हजार सम्म तिर्न धौ धौ हुने बताउछन ।
उद्योगका संचालक भिम राई यस्तो भनछन
हो मेरो उद्योगमा काम गर्ने हुन् मैले म संग भए सम्मको पैषाले हिजोका दिन सम्म उनिहरुलाई रासिनको व्यव्स्था मिलाए तर अब मेरो पनि केही उपाए छैन । आफूसंग पैषा छैन सामान बेचेको ठाँउमा पैषा उठान जाउँभने लकडाउनले सकेको छुईन, बैंक मार्फत पैषा दिने ग्रहकहरुले पनि लकडाउन पछाडी मात्र दिने भन्छन अब म कसो गरौं अब म केही गर्न सक्ने अबस्थामा छुईन ।
जनप्रतिनिधी वडाध्यक्ष नगेन्द्र संग्रौला यस्तो भन्छन
त्यहाँका मजदुरहरु भोकै रहनु हुदैन भनेर मैले पहिले नै उनिहरुलाई खानको व्यस्थापन मिलाउन उद्योग संचालक भिम राईलाई पहिले नै तपाई जिम्मेवार हुनुपर्छ र तपाईका मजदुरलाई खाद्ययन्न उपलब्ध गराउनु तपाईको कतव्य हो भनेको थिए । उपलब्ध पनि गराएको बुझेको हुदाँ भोको छैनन भन्नेमा ढुक्क थिए, अहिले के कस्तो अवस्था रहेको छ भन्ने बारे टोल समितिका पदाधिकारीहरुलाई बुझन् पठाउने र सहयोग गर्नुपर्ने अवस्था देखिएमा सहयोगी संघ संस्था हरुसंग आग्रह गरेर भए पनि राहत उपलब्ध गराउने आमसंचारले गरेको टेलिफोन सम्वादको क्रममा वडाध्यक्ष संग्रौला भनेका छन ।
यो संकटको वेला पिहला मानिसले बाच्न पाउनु पर्छ त्यसका लागि सरोकारवाला पूर्णरुपले जवाफदेही बन्न सक्नु पर्छ । अन्य विभिद समस्या र प्रक्रियाको कारणले कोही पनि खान पाउनबाट बन्चित हुनुदैन भनेर नेपाल सरकारले भनि रहेको छ । खान पाउनु पर्ने अधिकारलाई सुनिस्चित गराउन तर्फ स्थानिय सरकार, उद्योगी, सामाजिक संस्थाहरु सक्रिय रहन आवसेक देखिएकोछ डोनिका कंक्रिट भित्र रहेका मजदुरको हितका लागि ।