नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन्छ । कुनै पनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्ने सहितको सन्देश दिन थालिएको हो ।
पटक–पटक सावुनपानीले हात धुन, व्यक्तिहरुसँग सामाजिक दूरी कायम गर्न सन्देशमा भनिएको छ । टेलिकमले कोरोनाबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारी सहितको रिंगब्याक टोन राखेको हो ।
फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्छ । सन्देशमा नेपाल टेलिभिजनमा कार्यरत पत्रकार अनिता बिन्दुले टेलिकमको सचेतनामूलक सन्देशमा आवाज दिएकी हुन।
प्रत्येक पटक फोन गर्दा कोरोनाबाट बच्ने उपाय सम्झाउने अभियानमा जोडिन पाउँदा उनले खुसी प्रकट गरिन् । टेलिकमको यो अभियान अहिले निकै प्रभावकारी मानिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 243