Aamsanchar

मुलुक गम्भीर सङ्कटमा फस्ने – नेता खनाल

Author Image
सोमवार, भदौ २७, २०७३

jn khanal

झापा।

नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन नभए मुलुक गम्भीर सङ्कटमा फस्ने बताउनुभएको छ ।

गृह जिल्ला इलाम हिँड्नुभएका नेता खनालले आज प्रेस चौतारी नेपाल झापा शाखाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै २०७४ माघ ७ गतेसम्ममा अनिवार्य निर्वाचन गर्न नसकिए मुलुक सङ्कट फस्ने बताउनुभएको हो ।

नेता खनालले भन्नुभयो–“समयमै निर्वाचन सम्पन्न गर्न सकेनौँ भने मुलुकमा संविधान कार्यान्वयन गर्ने सिलसिलामा ठूला चुनौती र सङ्कट भोग्नुपर्नेछ ।” उहाँले मुलुकमा सङ्कट र चुनौती आउन नदिन सम्पूर्ण राजनीतिक शक्ति गम्भीरतापूर्वक लाग्नुपर्ने बताउनुभयो ।

नेता खनालले अहिलेको गठबन्धन सरकारले निर्वाचन गर्ने र संविधान कार्यान्वयनलाई गम्भीरतापूर्वक नलिएको आरोपसमेत लगाउनुभयो ।

संविधान कार्यान्वयन गर्ने र स्थानीय निकायको निर्वाचन गर्नका लागि प्रतिपक्षमै भए पनि नेकपा (एमाले) प्रतिबद्ध भएर लाग्नेसमेत बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर