एक विद्यार्थी भएर समस्त विद्यार्थीको भाव उजागर गर्दैछु भोली मलाई सरकार बिरोधि भैस भनेर नथुनियोस ।
देश चलाउने माननीय शिक्षामन्त्रीज्यु,उच्च स्तरिय समितीका सदस्यज्युहरु, देशको नेतृत्व गर्ने नेतृत्वकर्ताज्युहरु तथा नेपाल सरकारका प्रतिनिधिज्युहरु १ मेरो हजुरहरु समक्ष यो बिन्रम अनुरोध १
यो कोरोना कहरमा परिक्षा गराउने पहल गर्दै दिनानुदिन विद्यार्थीलाई मानसिक तनाव दिएर खुमलटार र बालुवाटार मा बैठक बस्नु के जरुरत रु
असार १५ गते भित्र परिक्षा सक्छु,परिक्षा गराएरै छाड्छु भन्ने कस्तो लिडेडिपि नेपाल सरकार बाट नै आएको हो कि मिडिया कर्मीहरुको नाटक हो रु यदी तपाईं हरुले यस्तो निर्णय गर्नु भएको छैन भन्ने हल्ला फिजाउने पत्रकारहरु र मिडिया कर्मीहरुलाई कार्वाही गर्ने अनि तेस्ता अनलाइनहरु बन्द गर्ने हिम्मत तपाई हरु संग छैन रु परिक्षा गराउदा गराउदै हल मै सयौ विद्यार्थीलाई कोरोना सर्यो भने तपाईं के गर्नु हुन्छ रु मेरो जिज्ञासा मात्र हो १ मलाइ थाँहा छ भोलि यो देशका कर्णधार महामारीले मर्दा तपाईंलाई केही फरक पर्दैन ,किनभने ती परिक्षार्थि न तपाईं को छोरा न नाति पर्छन ।

यस्तै हेल्चेङंग्रेले गर्दा हामी आफ्नो ज्यानलाई खतरामा राखेर अघि बढ्न सक्दैनौ र परिक्षामा सामेल हुन सक्दैनौ । अर्को कुरा म गरिब को छोरा,हजुरहरु जस्तो करोडपति होइन, दुई छाक खान त धौ धौ, कहाँबाट पैसा ल्याएर अनलाईन कक्षा लिनु । यो महामारीको समस्या समाधान गर्न अहिलेको प्रमुख आवश्यकता हो , परिक्षा गर्ने, गर्ने बारे अहिले सोच्ने बेला होईन १ समस्या समाधान पुरै भएपछी परिक्षा गराउदा पनि कसैको केही बिग्रीदैन जस्तो लाग्छ मलाइ चै, विश्व रोएको बेला कतिको ज्यान गइसकेको अवस्थामा आज सम्म हाम्रो देशमा संक्रमित मात्र भेटेको छौं ,मृतक छैन यो एउटा गौरबको कुरा हो हामी सबैको लागि तर अनावश्यक डर त्रास र भ्रामक खालका निर्णय नगरियोस र गर्ने लाई नछाडियोस ।
अन्त्यमा यी दुई कुरालाई विशेष ध्यान दिएर यथाशीघ्र विद्यार्थीमुखी निर्णय लिनु हुन बिन्रम अनुरोध गर्दछु ।

खतिवडा हल्दिबारी-३ झापाका हुन् ।



