Aamsanchar

खाद्य संकटमा परेका २० परिवारलाई नेविसंघ बिर्तामोडले गर्यो सहयोग

Author Image
बुधवार, वैशाख ३१, २०७७

बिर्तामोड । लकडाउन भएकोे ५१ औ दिन सम्म दैनिक मजदुरी गर्दै आज कमाएर ल्यायो आजै खायो गर्नेहरुको अवस्था यतीका दिन सम्ममा निकै कस्टकर बनिसकेको छ ।

समाजमा रहेका विपन्न वर्गहरुको पहिचान गरेर स्थानिय सरकारले राहत बाढने काम पनि गरिरहेको छ, अन्य संघ,संस्था अभियानबाट पनि सहयोग उपलब्ध गराउने कार्य दैनिकजसो चलीरहेको छ ।
त्यस्तै बुधबार बिर्तामोड–५ स्थित कृषिथोक बजार क्षेत्रमा रहदै आएका दैनिक मजदुरी गरेर खाने २० परिवारलाई नेपाल विद्यार्थी संघ बिर्तामोड नगर समितिले खाद्ययन्न राहत सहयोग गरेको छ ।
नगरपालिका र अन्य संघसंस्थाबाट राहत पाउन बन्चित बनेका परिवारको पहिचान गरि उक्त राहत उपलब्ध गराईएको नेपाल विद्यार्थी संघ बिर्तामोड नगर  सभापति योगेन थापाले बताए ।

राहतमा प्रति परिवार १२ किलो चामल, १ किलो दाल, नुन र मास्क उपलब्ध गराईएको नेपाल विद्यार्थी संघ झापा  सदस्य विकास बस्नेतले जानकारी दिएका छन ।

राहत वितरणमा नेविसंघ बिर्तामोड उपसभापति एलिसा लिम्बु, सोवियु सभापति संजय राई, नेविसंघ जिल्ला सदस्य सुरज खड्का, सामाजिक अभियन्ता सुरज शेर्पा लगायतको सहभागित रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर