झापा।

झापाको दमकमा निर्माणाधीन दुई वटा आकाशे पुल मध्ये एउटाको काम अन्तिम चरणमा पुगेको छ ।

पैदल यात्रुलाई आवतजावतमा समस्या भएपछि दमक नगरपालिकाले पुल निर्माण गरेको हो । १७ फुट उचाई, साढे २ मिटर चौडाई र २५ मिटर लम्बाईका दुई वटा आकासे पुलको लागत दुई करोड रुपैयाँ रहेको छ ।

दमक नगरपालिकाका इञ्जिनियर तीर्थनारायण श्रेष्ठले दुई पुलमध्ये एउटा आकासे पुल एकसातापछि सञ्चालनमा आउने बताए ।


दमक नगरको गणतन्त्र चोक पश्चिममा निर्माणाधीन आकासे पुलको गत पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।
Views: 156

