Aamsanchar

सुत्केरीको मृत्युबारे अध्ययन सुरु, स्वास्थ्य मन्त्रालयले छिट्टै मृत्युको कारण सार्वजनिक गर्ने

Author Image
शनिवार, जेठ ३, २०७७

सिल गरिएको धुलिखेल अस्पताल ।

काठमाडौं । सामाजिक संजाल प्रयोगकर्ता र कतिपय डिजिडल मिडियाहरुले कोरोनाको कारण सुत्केरीको मृत्यु भन्ने हेडिङ राखेर समाचार पोष्ट भईरहेको छ । यस सुचनाले नागरिकमा अन्योल सृजना भएको छ । त्यही अन्योललाई दुरगर्न  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको मृत्यु कोरोना भाइरस (कोभिड-१९) का कारण भए नभएको अध्ययन गर्ने भएको छ ।

२९ वर्षीया सुत्करीको अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको थियो ।

२३ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर उनी २५ गते घर फर्किएकी थिइन् । ज्वरो आउने र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पताल हुँदै धुलिखेल आइपुगेकी उनको बिहीबार निधन भयो ।

अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको छ । तर मन्त्रालयले कोभिड-१९ का कारण मृत्यु भए नभएको थप अध्ययन भइरहेको बताएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

यसका लागि मन्त्रालयको टोली धुलिखेल गइसकेको छ भने अस्पताल समेत सिल गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर