Aamsanchar

झापाका पत्रकारहरूको पीसीआर रिपोर्ट नेगेटिभ

Author Image
शनिवार, जेठ १०, २०७७


बिर्तामोड । समुदाय र व्यक्ती संग प्रत्यक्ष सरोकार राख्ने पत्रकारहरु यतीवेला कोरोना संक्रमणको उच्च जोखिममा रहेका हुन्छन । काम कतव्र्यले पनि सुरक्षा, स्वास्थ्य जस्तै संचारकर्मीहरुले पनि कोरोना संक्रमित भएका ठाउँमा पुगेर समाचार फोटो संकलन गर्नु पर्ने हुन्छ । देशका विभिन्न स्थानमा पत्रकारलाई कोरोना संक्रमण भएको समाचार आईरहेको अवस्थामा झापाली पत्रकारहरुको पीसीआर विधिबाट कोरोना जाँचको लागि र्याल (स्वाव) पठाईएको थियो । पहिलो चरणमा गरिएका झापाका २५ जना पत्रकारहरूको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

महासंघ झापाको कार्यालय बिर्तामोडमा गत बुधबार पीसीआर विधिबाट पत्रकारको कोरोना जाँच गरिएको थियो। महासंघको पहलमा सामाजिक विकास मन्त्रालयले पत्रकारहरुको स्वाब संकलन गरेको र रिपोर्ट नेगेटिभ आएको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले बताएका छन।

झापामा फ्रन्ट लाइनमा काम गर्ने अरु पत्रकारको पनि परीक्षणको व्यवस्था मिलाइने जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर