असारको महीना झरी वर्सिदै छ । चिसो मौसम छ ।श्रीमती चुल्होमा दाउरा ठेल्दै छिन् । छोराछोरी अर्को कोठामा पढिरहेका छन् ।वातावरण स्तब्ध छ । बेला बेलामा आकाश पनि ग्रजिदै छ ।बाहिर मुसलधारे पानी परिरहेको छ । श्रीमतीलाई भनु या नभनु मन दोधारमा छ । थोरै पिउन पाए पनि हुन्थ्यो नि । मौसमले पनि च्यालेज गरेको छ । अलिकति पिउँदैमा के हुन्छ र ? जहिल्यै पिउने होर । कहिलेकाही पिउदा के हुन्छ । श्रीमतीलाई कसरी भनु ? उनले स्विकृति दिने होकि होइन ।
अनेक प्रश्न मनमा आउँछ । अर्को मनले भन्छ चिसो समय छ भन्दैमा रक्सी नै पिउनु पर्छ र ? न पिउदैमा पनि हुन्छ नि । सोतेले आगो फुक्दै पुलुक्क हेर्छिन । म उनलाई हेरिरहेको थिए बेला बेलामा । श्रीमती त अझ नियालेर हेर्न थालिन् । उनको गाला रातो हुँदै गयो । नाक पनि फुल्न थाल्यो ।यस्तो लाग्दै थियोे । क्रोध उत्पन्न भइरहेको छ । मलाई घुरेर हेर्न थालिन् । मेरो मनभित्रको कुरा थाहा पाइन् क्या हो ? म उनको नजिकै गए । उनको नजिक जाँदा एक किसिमको डर पनि लाग्यो । मैले बिस्तारै सोधे सावित्रा म तिमीलाई खाना पकाउन सहयोग गरुँ उनले केही बोलिन ।पाकेको खाना अगेना माथी राखिन। केहि समय पछि उनी शान्त भइन। थोरै मुस्कुराइन र , भनिन् दराजभित्र अस्तिको व्हिस्की राखी दिएको छु गएर पिउनुहोस् । त्यसपछि खाना खान आउनु चाँडो । मैले स्विकृति दिए ।
लेखक संग्रौला बिर्तामोड झापाका हुँन, हाल युएईमा छन ।