Aamsanchar

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८६, झापामा सबैभन्दा बढी

Author Image
आइतवार, जेठ ११, २०७७

विराटनगर । शनिबार एक जना थपिएसँगै प्रदेश १ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८६ पुगेको छ ।सबैभन्दा बढी झापामा संक्रमित पुष्टि भएका छन् ।

त्यहाँ ३६ जनामा संक्रमण पुष्टि भएको छ । अधिकांश भारतबाट आएकाहरु हुन् ।प्रदेशका १४ मध्ये ७ जिल्लामा संक्रमित पुष्टि भएको छ । झापाको कचनकवलमै मात्र ३३ जना संक्रमित भेटिएका हुन् । अरु दमक, बाह्रदशी र झापा गाउँपालिकाका हुन् ।

अधिकांश भारतबाट आएकाहरुमा संक्रमण देखिएको प्रदेश सरकारले जनाएको छ ।झापापछि उदयपुरमा पुष्टि भएका संक्रमितको संख्या ३३ छ । यस्तै, धनकुटामा ७, मोरङका ५, सुनसरीका ३, खोटाङ र भोजपुरका १–१ रहेको प्रदेश सरकारले जनाएको छ ।संक्रमितहरुलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखिँदै आएको छ । त्यहाँ राखिएकामध्ये २६ जना डिस्चार्ज भएका छन् ।प्रदेशभर ४ हजारभन्दा बढीको पीसीआर परीक्षण भइसकेको छ । कोभिड—१९ को नियन्त्रण, उपचार व्यवस्थाका लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताहरुको समेत बढाइने भएको छ ।

भारतबाट आउने क्रम नरोकिएसँगै प्रदेश सरकारले थप विभिन्न स्थानमा क्वारेन्टाइन स्थापना गर्ने भएको छ । कोभिड—१९ को परीक्षण कार्ययोजना स्विकृत गरेसँगै प्रदेशभर संक्रमित पहिचानका लागि परीक्षणको दायरा पनि बढाइने भएको छ ।प्रदेशमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरुको व्यवस्थापन गर्न संयुक्त कार्ययोजना बनाइएको छ ।

यस अनुसार इलाम, झापा, मोरङ र सुनसरीमा ‘होल्डिङ एरिया’ पहिचान गरी निर्माण थालिएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।होल्डिङ एरियामा १५ हजार शय्या रहने जनाइएको छ । इलाममा २ हजार, झापामा ४ हजार, मोरङमा ५ हजार र सुनसरीमा ४ हजार शय्या तयार गरिंदैछ । कान्तिपुरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर