Aamsanchar

स्वास्थ्य क्षेत्रमा अभियानको ध्यान, प्राप्त भयो ६०० थान भिटिएम

Author Image
सोमवार, जेठ १२, २०७७

बिर्तामोड । दैशमै नमुना र उदारणिय कार्य थालनी गरेको  एकका लागि एक अभियानले तेस्रो चरणको कार्यक्रम अन्तरगत स्वास्थ्य सामाग्री वितरण गर्ने योजना अघिसारेको केहीदिन बित्न नपाउदै अभियान मार्फत स्वास्थ्य  क्षेत्रमा सहयोग गर्न समाजसेवी सहयोगी हातहरु अघिसर्न थालेको छ ।  ‘एकका लागि एक’ अभियानलाई हाल ६ सय थान भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट प्राप्त हुनुले पनि अभियानको उदेश्य महान रहेको पुष्टी भएको छ । निस्वार्थ सेवा गर्ने उदेश्यका साथ देशका धेरै ठाउँबाट अभियानमा जोडिनेको संख्या पनि दिनप्रतिदिन बढदै गएको छ ।

झापामा कोरोना भाइरस परीक्षणको दायरा बढाउन अभियानले एक हजार थान भिटिएम किट उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापाको आग्रहपछि अभियान किट खरिद गर्ने योजनामा थियो ।

झापा दमक १० का डिन्सन बोहोराले ५०० थान भिटिएम किट खरिदका लागि रकम रकम उपलब्ध गराएका हुन् । त्यसका लागि उनले २ लाख ३ हजार ४०० रुपैयाँ अभियानलाई दिएको सचिवालयका गोपाल भट्टराईले जानकारी दिए । काठमाडौँमा बसोबास गर्दै आएका बोहोरा बिर्तामोडमा एसएस रियलस्टेट र कतारमा कन्स्ट्रक्सन कम्पनीका सञ्चालक हुन् ।

त्यस्तै, झापा हल्दिबारी २ का यामकुमार सिटौलाले १०० थान भिटिएम किटबापतको ४५ हजार रुपैयाँ उपलब्ध गराएका छन् । सिटौला परिवारका साथ अमेरिकामा बस्दै आएका छन् ।
यसैबीच, अभियानले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत ३४० थान किट प्रदान गरिसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 267

प्रतिक्रिया (०)

सम्बन्धित खबर