बिर्तामोड । भोली बिहिबार देखि बिर्तामोडमा लगाईएको नगर सिल खुल्ला गरिने भएको छ ।
लकडाउनको नियमलाई उलंघन गरि अनाआवसेक भिडभाड भएको भन्ने गुनासो बढन थालेपछि केही दिन देखि लागुगरेको नगर सिलको निर्णयलाई परिमार्जित गर्दै बिर्तामोड नगरपालिकाले अघोषित कफ्र्यु हटाउने भएको हो । संघीय सरकारको निर्णयानुसार हुने लकडाउन भने यथावत रहने भएको छ ।
मंगलबार नगरपालिकामा भएको छलफलको निश्कर्ष र आज बुधबार उद्योगी व्यवसायीको आग्रह पछि नगरपालिकाले आफ्नो निर्णयमा पुनःविचार गरेको हो ।
जसअनुसार भोलि जेठ १५ गते गणतन्त्र दिवसको दिनदेखि पालो मिलाएर अत्यावश्यक वस्तु तथा सेवा सञ्चालन गरिने भएको छ । बिर्तामोड नगरपालिका कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन समितिको आजको बैठकको निर्णयाअनुसार खाद्यान्न पसलहरु र निर्माणजन्य तथा अत्यावश्यक सामाग्रीका पसलहरु जोर बिजोर बार पारेर बिहान ७ बजेदेखि १० बजे सम्म खोल्न पाउने भएको छ ।
यस्तै बैंक तथा बित्तीय संस्थाहरु १० बजेदेखि १ बजेसम्म खोल्ने निर्णय भएको छ । सोका लागि बैंकर संघको समयतालिका पालना गरिनेछ । सामान लोड अनलोड बेलुकामात्र गर्ने निर्णय भएको जनाइएको छ।