
अहिले म दुबईमा छु । यहाँ पनि लक डाउन छ । अहिले चै अलिक खुकुलो भएको छ ।यहाँ बस्नेहरु नेपालीहरु । कतिको जागिर छुट्यो । कतिले काम पाएका छैनन् । कोठाबाट बाहिर निस्कन पनि डरमर्दो छ । मास्क ग्लोब्स लाएर हिड्नु पर्ने बाध्यता छ । कोरोनाले गर्दा घर जान पनि डराएका छन् । किनकि महामारी लिएर आएको छ कि शंका हुन्छ । यस्तो जोखिम परिस्थितिमा सचेत जागरुक भएर अगाडि बढ्ने अवस्था आएको छ । यो भाइरसले गर्दा लाखौंको मृत्यु भइसकेको छ । भिडभाडमा न जाने , ग्लोब्स लगाउने , माक्स लागाउने र सरसफाईमा विशेष ध्यान दिनुपर्छ ।अहिलेसम्म म पनि सुरक्षित छु । मान्छेहरु डराएको देखिन्छ । सबैको मुख मुखमा कोरोना भाइरस झुन्डिएको छ ।
मान्छेहरुको मनोबल घट्दै गएको छ । कुन बेला, कस्तो बेला कोरोनाले भेटाउछ भनेर । दिनानुदिन दुखित र पीडित भएको पाइन्छ । मान्छेहरू मानसिक तनावमा गइरहेको देखिन्छ । अहिलेको विश्व आतंकित भएको छ । सकारात्मक बनेर कोरोना विरुद्ध लड्ने हो । म अहिले दुबई मा बस्तै आएको छु विगत दुई वर्ष देखि । यो समयमा घर परिवारको धेरै याद आउदो रहेछ । बिदेशमा श्रम गर्न गएका दाजुभाइ दिदीबहिनीहरु धेरै फर्कने योजनामा हुनुहुन्छ ।विदेशबाट फार्केकालाई छि छि गरेर दुर ब्यवहार नगरौं ।आफ्नै घरमा अपहेलना नगरौं । सबै मानिस बिदेशबाट आउने । कोरोना भाइरस लागेको नहुन सक्छ ।
म पनि अब केहि दिनमै आउनेछु नेपाल तसर्थ यस्तो समस्या झेल्नु नपरोस् । कोरोना भाइरसले गर्दा एक महीना अगाडि नै जागिर छुट्यो । अहिले चै भिसा पनि सकिएको छ । घर फर्कने योजना छ । कोरोना भाइरस र लक डाउनले गर्दा फर्कन पाइरहको छैन ।
कोरोराको संक्रमण बढेपछी यसले धेरैलाई तनाव सृजना गरेको छ ।मानसिक तवरले पीडित हुनु परेको छ ।विदेशीमा बसेका र घर जान चाहनेलाई छिटो भन्दा छिटो सरकारले पहल गर्नुपर्ने आवस्यक छ । सुत्केरी विद्यार्थी भिजिट भिसा आएकाहरु भिसा सकेर घर जान चाहने विभिन्न अवस्थामा अलपत्र परेकाहरुलाई छिटो उद्धार गरिनुपर्छ । कति त खानै न पाएर भोकभोकै हुनु परेको अवस्था छ । जागीर छुट्यो । पैसा छैन । घर कसरी जाने भनेर यहाँ बस्ने नेपालीहरु गुनासो गर्छन् । दिनानुदिन लक डाउन बढेको बढ्यै छ । अब खुल्ने आशा पलाएको छ ।अहिले यो समयमा धेरै को भिसा पनि सकिएको छ । भिसा सकिएर बस्ने धेरै छन् । पैसा पनि सकियो कहिले खुल्ने हो । छिटै घर जान पाए हुन्थ्यो । बुटवल घर भइ अहिले दुबईमा कार्यरत राजकुमार चौधरी बताउछन् ।

सबैको इच्छा छ । यो महामारीको समयमा आफू सुरक्षित रुपले घर जान पाउन ।यहाँ बस्नु भन्दा आफ्नै घर परिवारको साथ बस्नु राम्रो हो ।कति त यो विपदको समयमा घर गएर पनि के गर्नु भनेर भिसा रिन्यु गर्ने सोचमा छन केहि नेपालीहरु । ूपरिवार छ श्रीमती छ । साना सना बच्चाहरु छन त्यसको बारेमा पनि सोच्नु पर्छ ।ूपाल्पा घर भई दुबईमा रोजगारी गरिहेका श्रीधर घिमिरे बताउनु हुन्छ । प्रायजसो यहाँ बस्ने नेपालीहरु घर जान कै चिन्तामा छन् । एयरपोट कहिले खुल्छ भन्ने आशामा बसिरहेका छन् ।नेपाली एशोसिएसन एनआरएनले घर जान चाहनेको व्यक्तिको विवरण लिन सुरु गरिसकेको छ । यहाँ बस्न आधिकाश नेपालीहरुको तलबमा करौति गरेको छ । कतिको काम पनि रोकिएको छ । तलब पनि पुरा पुरा दिएको छैन कम्पनीले । कयौं नेपालीहरु पैसा पनि सकिएर बसेका छन् । अबुधाबीमा रहेको नेपाली राजदूतावास र विभिन्न संघ सस्थाको सहकार्य यहाँ बस्ने नेपाली समाजलाई राहत प्रदान गरेको थियो । नेपाल सरकारले पनि यसप्रति ध्यानाकर्षण हुन आवश्यक छ । युएईमा अलपत्र परेका धेरै नेपालीहरु धेरै छन् त्यसकारण छिटो उद्धार गरिनु आवस्यक रहेको देखिन्छ ।

लेखक : अमित संग्रौला बिर्तामोड, हाल दुबई


