Aamsanchar

दाहाललार्इ भारतमा राजकीय सम्मान

Author Image
शुक्रवार, भदौ ३१, २०७३

काठमाडौं:

Puspakamal_dahal_380025590

प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतमा राजकीय सम्मान दिइएको छ । भारत भ्रमणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्रीलाई शुक्रबार बिहान गार्ड अफ अनर प्रदान गरिएको हो । प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

चार दिने भ्रमणका क्रममा बिहीबार दिल्ली पुगेका प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्नेछन् ।

स्थानीय समय अनुसार बिहान ९ बजे माहात्मा गान्धीको समाधिस्थल पुगेर प्रधानमन्त्रीले गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्नु एक दिनअघि नेपाली दूतावास नयाँदिल्लीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्ध मजबुत रहेको समेत बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर