मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी ९दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको० वायुको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ ।
यसैगरी, महाशाखाले हाल देशमा सामान्य देखि पूर्ण बदली रहेको र देशभर केही स्थानहरुमा वर्षा भईरहेको जानकारी दिएको छ । यसैगरी, महाशाखाले दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ।
यस्तै, प्रदेश १ , प्रदेश २, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । महाशाखाको पूर्वानुमानको अनुसार आज राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यता, प्रदेश १ ,प्रदेश २ ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।