नवलपरासी ।
स्थानीय कोल्हुवामा कुलोमा खसेर आज एक बालकको मृत्यु भएको छ ।

मध्यविन्दु नगरपालिका–६ कोल्हुवा बस्ने अनिल चौधरीका दुई वर्षीय छोरा अरनकको घर नजिकैको कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालक आँगनमा खेल्ने क्रममा अचानक घर नजिकैको कुलोमा खसेका थिए । बालकलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Views: 147

