Aamsanchar

अपडेट : मेचीनगरका एक व्यवसायीको बिभत्स हत्यामा संम्लग्न अभियोगमा एक व्यक्ति पक्राउ

Author Image
शुक्रवार, साउन ९, २०७७

मेचीनगर ।  मेचीनगर २ का एक व्यक्तिलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक व्यक्ती पक्राउ परेका छन ।

घटनामा संम्लग्न भएको आरोपमा पक्राउ गरिएको व्यक्तीको नाम खुलाईएको छैन । उनी मेचीनगर २ कै रहेको भने खुलेको छ । पक्राउ परेका व्यक्ति थप अनुसंन्धानको दायरा भित्र रहेकोले अहिले नै नाम खुलाउ नमिल्ने प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो ४ बजेको समयमा भुकुटी बजारमा किराना तथा कपडा पसल गर्दै आइरहेका आचार्यलाई उनकै पसलमा खुकुरी प्रहार गरिएको थियो ।

आचार्यमाथि के कारणले खुकुरी प्रहार भयो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको साथमा मोबाइल समेत रहेको हुँदा थप कुरा खुल्ल सक्ने प्रहरी स्रोतको भनाइ छ । हत्याका आरोपित अभियुक्तलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा राखिएको छ ।

यो पनि पढनुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर