
काठमाडौँ, चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सवारी साधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले राजधानीका विभिन्न भागमा विरोध प्रदर्शन गरेको छ । काठमाडौँको प्रदर्शनीमार्ग, थापाथली क्याम्पस, पशुपति क्याम्पसलगायत क्षेत्रमा पेट्रोलियम पदार्थको […]
ललितपुर, सबै नगरवासीलाई खानेपानी पु¥याउने उद्देश्यले गोदावरी नगरपालिकाले पानीका स्रोतमा सम्भाव्यता अध्ययन शुरु गरेको छ । पानीका स्रोतको प्रयोग बढाएर नगरवासीले भोग्दै आएको पानीको अभाव कम गर्ने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । यहाँ […]
विराटनगर, मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा टे«ड युनियनले आइतबार गरेको अनुगमनमा उद्योगले त्यहाँ कार्यरत श्रमिकलाई […]
पाँचथर, स्थानीय सरकारले हिलिहाङ –२ का विर्खबहादुर योङहाङलाई घर बनाई दिएपछि दङ्ग परेका छन् । आर्थिक रूपले अति विपन्न परिवारका विर्खबहादुरलाई हिलिहाङ गाउँपालिकाले घर बनाइदिएर हस्तान्तरण गरेको हो । जनश्रमदान तथा वडा कार्यालयले छुट्याएको बजेटसहित […]
कञ्चनपुर, महेन्द्रनगर नगर विकास समितिको जग्गा मिचेर अवैध संरचना निर्माणको कार्य हुन थालेको छ । नगर विकास समितिको जग्गामा एक महीनाको अवधिमै दर्जनभन्दा बढी अवैध संरचना निर्माण गरिएका छन् । निर्मला पन्त हत्या प्रकरणमा चर्किएको […]
कावासोती, नवलपरासीको हुप्सेकोट–४ भैसीघाटमा गए राति बलेरो जीप दुर्घटना हँुदा एकको मृत्यु भएको छ । एक घाइते भएका छन् । शंखदेवबाट कावासोती हात्तीखोरतर्फ जाँदै गरेको लु१ज २९२७ नं को बलेरो जीप आफँै अनियन्त्रित भई पल्टिदा […]
ताप्लेजुङ, नेपाल प्रेस युनियन ताप्लेजुङ शाखाको चौथो अधिवेशनले सन्तोष पुर्कुटीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सदरमुकाम फुङलिङमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा आनन्द गौतम र इन्दिरा भण्डारी चयन हुनुभएको छ । यस्तै सचिवमा […]
इलाम, व्यक्तिगत घटना दर्ता प्रक्रियालाई सहज बनाउने उद्देश्यले इलाम फाकफोकथुम गाउँपालिकाले प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । गाउँपालिकाको हालै सम्पन्न दोस्रो गाउँसभाले जन्मदर्ता र मृत्युदर्ता समयमै गरेमा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको हो […]
घोराही, जिल्ला प्रहरी कार्यालय दाङले बाह्र जना जुवाडेलाई घोराही १४ कपासीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले तीन थान तासको गड्डी र रु दुई लाख ८९ हजार १०० सहित उनीहरुलाई […]