Aamsanchar

राजनीति

काठमाडौँ । प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई चल्दाचल्दै उनको पक्षमा कोही व्यक्तिले सांसद निरु पाललाई राती साढे आठ बजे तरकारी बजारमै कञ्चटमा पेस्तोल ताकिएको कुरा एक हप्ता पुग्दा पनि कतैबाट पुष्टि हुन सकेको छैन । […]

बुधवार, साउन २३, २०७५

विराटनगर।  प्रदेश १ को संसदमा लामो समयदेखि अनौठौ दृश्य देखिने गरेको छ । संसदमा बेलाबेलामा विधेयकहरु टेबल भइरहन्छन् । तर सांसदहरु भने तिघ्रा र नोटबुक ठटाउँदै समर्थन जनाउँछन् । सभासदस्यका लागि आवश्य टेबल र साथमा […]

मङ्गलवार, साउन २२, २०७५

काठमाडौँ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न ३ बजे बस्ने बैठकमा विद्यमान राजनीतिक विषय र पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने […]

मङ्गलवार, साउन २२, २०७५

काठमाडौँ। ‘‘नमस्कार ! म भानुभक्त ढकाल । मोरङ क्षेत्र ३ बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधित्व गर्छु । म यस समिति (कानून, न्याय तथा मानवअधिकार समिति)को पदेन सदस्य ।’’ “कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री […]

सोमवार, साउन २१, २०७५

विराटनगर । प्रदेश १ का मुख्यमन्त्रीदेखि सांसदसम्मको तलबमा मात्रै मासिक ४३ लाख खर्च हुने गरेको देखिएको छ । प्रदेश सभा सचिवालय, मन्त्री तथा मुख्यमन्त्रीका सेवा सुविधा सम्बन्धी पारित ऐनमा गरेको व्यवस्था अनुसार प्रत्येक महिला ४३ […]

सोमवार, साउन २१, २०७५

काठमाडौ । केही दिनअघि नेकपाकी साँसद् निरु पालमाथि संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएर संसदीय समितिबाट अस्वीकृत भएका दीपकराज जोशीको सुनुवाइका लागि बस्ने बैठकमा नजान धम्की दिँदै बानेश्वरमा पेस्तोल ताकिएको भन्ने विषयले खुबै चर्चा […]

सोमवार, साउन २१, २०७५

भद्रपुर, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गरेर द्वन्द्व मच्चाउन चाहनेहरुलाई असफल बनाइने बताउनुभएको छ । झापाको ऐतिहासिक व्यापारिक केन्द्र धुलाबारीमा आज अतिथि निवासको रजत महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले […]

आइतवार, साउन २०, २०७५

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सुरक्षा गार्ड फेरिएका छन् । आइतबारदेखि प्रधानमन्त्रीको सुरक्षा गार्डको रूपमा डिएसपी राजन लिम्बुलाई पठाइएको छ । डिएसपी लिम्बु यसअघि प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको सुरक्षा निर्देशनालयमा कार्यरत थिए […]

आइतवार, साउन २०, २०७५

काठमाडौँ। सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशको हैसियलतले कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आजदेखि काम शुरु गर्नुभएको छ । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठतम् न्यायाधीश मिश्र कामु प्रधानन्यायाधीशकोे हैसियतले […]

आइतवार, साउन २०, २०७५

काठमाडौँ, प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएका पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित ग¥यो । बैठकले उहाँको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले […]

आइतवार, साउन २०, २०७५