Aamsanchar

आँखा अस्पताल शिलान्यास

Author Image
शनिवार, असोज १५, २०७३

भोजपुर ।

Eye-Checkup-620x264

भोजपुर आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ ।

भोजपुर नगरपालिका, पुरानो डबली टक्सारमा जापान सरकारको सहयोगमा निर्माण हुन लागेको भवनको शुक्रबार जापानी राजदूत मासासी ओगावा र नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

एक वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको सो भवनलाई जापान सरकारले करिब रु एक करोड उपलब्ध गराउने नेपाल नेत्र ज्योति सङ्घ भोजपुर शाखाले जनाएको छ ।

भवन शिलान्यासपछि आयोजित पत्रकार सम्मेलनमा राजदूत ओगावाले जापान सरकारले नेपालका सबै क्षेत्रमा विशेष प्राथमिकताका साथ सहयोग गरेको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)