Aamsanchar

मृतकको परिवारलाई झापाली समाज अष्ट्रेलियाको सहयोग

Author Image
मङ्गलवार, कार्तिक २३, २०७३

 

बिर्तामोड, ।dinesh (2)

झापाली समाज अष्ट्रेलियाले गत बर्षायाममा बाढीमा परी ज्यान गुमाएका झापाका ९ जना मृतकको परिवारको लागि साढे तीन लाख रुपैयाँ राहत सहयोग हस्तान्तरण गरेको छ ।
समाजका संस्थापक अध्यक्ष एवम् संरक्षक दिनेशकुमार पोखरेलले समाजको तर्फबाट उक्त रकमको चेक सोमवार नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडलाई हस्तान्तरण गरे । पोखरेलले समाजको अगुवाईमा अष्ट्रेलियामा संकलित रकम मृतकका परिवारलाई दामासाहीले वितरणका लागि रेडक्रसलाई हस्तान्तरण गरिएको बताए ।
रेडक्रस उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटी र जिल्ला सदस्य हेम खड्काले रकम बुझ्दै झापाली समाज अष्ट्रेलियाले सामाजिक क्षेत्रमा उदाहरणीय काम गरेको भनी प्रशंसा गरे । रकम हस्तान्तरण कार्यक्रममा कनकाई उद्योग बाणिज्य संघ सुरुङ्गाका अध्यक्ष कुमारमणि पोखरेल, सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष शिव कँडेल लगायतको उपस्थिति थियो ।
झापाली समाज अष्ट्रेलियाको अगुवाईमा संकलित राहत रकमका लागि अष्ट्रेलियामा बस्ने ४२ जनाले सहयोग प्रदान गरेका थिए । सहयोग गर्नेहरुमा अशोक उप्रेती, दीपेन्द्र ओडारी, जबिन श्रेष्ठ, रूपक चुडाल, मदन धौराली, अरुण ढकाल, अजय राजबंशी, राजकुमार गोश्वामी, तेज उप्रेती, नेत्र पौड्याल, कर्ण राजबंशी, मीना अधिकारी, रूपराज मैनाली, दीपक चुडाल, युवराज उप्रेती, सुरज खनाल, प्रबिन चौहान, दिनेश पोखरेल रहेका छन् ।
त्यसैगरी राजन सिटौला, अरुण बिमली, रोशन ओली, अशोक ओली, पुण्य सुबेदी, दीपक खनाल, नीरज बास्तोला, उमेश पोखरेल, मुकेश रेग्मी, इन्द्र न्यौपाने, भबानी ओली, भुपाल सिटौला, निजन चौलागाईँ, पारस सिटौला, धर्मेश राजबंशी, नबीन खनाल, खिलेन्द्र तिम्सिना, समीर प्रसाईं, मञ्जला सिटौला, डा. जगदीश तिम्सिना, अभय प्रसाई, टोम उप्रेती, दीपेश पोखरेल, भुमा लिम्बू रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर