Aamsanchar

दुर्घटना न्यूनीकरण गर्न पुराण लगाइने

Author Image
शुक्रवार, माघ १४, २०७३

इनरुवा ।

सुनसरी सदरमुकाम इनरुवामा सडक दुर्घटना न्यूनीकरण गर्न श्रीमद्भागवत पुराणको आयोजना गर्न लागिएको छ ।

दुर्घटनाग्रस्त क्षेत्र मानिने पूर्व पश्चिम राजमार्गअन्तर्गत मधेसा गाविसमा पर्ने भोटेपुल आसपास सडक किनारमा माघ १६ गते आइतबार श्रीमद्भागवत पुराणको आयोजना गर्न लागिएको हो । नमुना भजनकीर्तन समूह इनरुवा–३ सुनसरीको आयोजनामा सडक दुर्घटनामा परी ज्यान गुमाउने मृतजनको आत्माको शान्तिको कामना गर्दै पितृहरुको उद्धार र सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ एक दिवसीय भागवत पुराण आयोजना गर्न लागिएको हो ।

सडकमै आयोजना हुने भागवत् पुराणमा वेद र रुद्री पाठका साथै लक्षवत्ती प्रज्वलन गरिने संस्थाकी अध्यक्ष तारा सुवेदीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा अत्यधिक सडक दुर्घटना बढेको र मानवीय क्षतिलाई दृष्टिगत गर्दै पुराण आयोजना गर्न लागिएको स्थानीयवासी मनोज निरौलाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर