Aamsanchar

ट्रक दुर्घटना, ८ जना घाइते , चालकको अवस्था गम्भीर

Author Image
सोमवार, फागुन ९, २०७३

इलाम

इलामको मेची राजमार्ग अन्तर्गत कोल्बुङमा सोमबार ट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।

झापाबाट इलाम आउँदै गरेको ना ३ ख ६०६० नम्बरको ट्रक सडकबाट झण्डै ३० मिटर तल खसेर दुर्घटना भएको पशुपतिनगर इलाका प्रहरी कार्यालय इलामले जनाएको छ । ट्रक रुखका गोलिया लिन झापाबाट इलाम तर्फ आउने क्रममा दुर्घटना भएको हो ।

ट्रक चालक झापा कन्काई नगरपालिका–८ का ४२ वर्षका समशेर राई गम्भीर घाइते छन् । कन्काई नपा–२ का राजेश राई, विनोद तामाङ, प्रवीण पौडेल, धाइजन–६ का रञ्जित विक, सुमन पौडेल, विवेक सुब्बा र धुलाबारी–७ का सविन घिमाल घाइते भएको प्रहरी निरीक्षक शिवकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

घाइते सबैको झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरू सबै ट्रकमा सामान लोड–अनलोड गर्ने कामदारहरु रहेको पशुपतिनगर इलाका प्रहरी कार्यलय इलामले जनाएको छ  ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर