Aamsanchar

द्वन्द्वपीडितका लागि मनोसामाजिक परामर्श

Author Image
शनिवार, चैत १२, २०७३

वुधवारे।

स्थानीय शान्ति समिति झापाको आयोजनामा द्वन्द्वपीडितहरुका लागि १ दिने मनोसामाजिक परामर्श कार्यक्रम झापाको बुधवारेमा सम्पन्न भएको छ ।

स्थानीय शान्ति समिति झापाको वार्षिक स्वीकृत कार्यक्रम “द्वन्द्वप्रभावित व्यक्ति, परिवारसँग भेटघाट तथा मनोसामाजिक परामर्श र सामाजिक अन्तरघुलन कार्यक्रम” अन्तर्गत उक्त मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न भएको स्थानीय शान्ति समिति झापाका कुमार फुयालले बताए ।
कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी भिम प्रसाद तिवारीले द्वन्द्वपीडितहरुको घाउमा थोरै भएपनि मलम पट्टी लगाउने काम स्थानीय शान्ति समिति झापाले गर्दै आएकोमा खुसी व्यक्त गरे । वेपत्ता परिवार समाजकी केन्द्रीय अध्यक्ष तथा पूर्व सभासद पुजा खनालले राज्यले द्वन्द्वपीडितहरु लाई उचित सम्बोधन गर्न नसेकेको गुनासो गरिन ।

स्थानीय शान्ति समिति झापाका संयोजक जयबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका भगिरथ पोद्धार, अन्तरपार्टी महिला सञ्जाल झापाकी अध्यक्ष माया गुरुङ्ग, नेकपा एमालेका लक्ष्मी राई, माओवादी केन्द्रका बोधराज दाहाल असिम, बुद्धशान्ति गाउँपालीकाका कार्यकारी अधिकृत मनोज राउत, जनयुद्धका घाइते रोशन कन्दङ्गवा, राप्रपाका राम विमली, संघिय लिम्बुवानका नारायण शिवाकोटी, मालेका महेन्द्र संग्रौला लगायतले कार्यक्रमको सन्दर्भमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

मनोसामाजिक परामर्शकर्ता पदम सुवेदीले सहजिकरण गरेको कार्यक्रममा बुधवारे, शान्तिनगर, शनिश्चरे, अर्जुनधारा, खुदुनावारी र मेचीनगरका ७० जना द्वन्द्वपीडितहरुको उपस्थिती रहेको स्थानीय शान्ति समिति झापाका कार्यालय सचिव प्रविर कुमार घोषले बताए । बुधवारे शान्ति समितिका संयोजक पूर्ण संजेलले स्वागत गरेको कार्यक्रमको संचालन द्वन्द्वपीडित तथा शान्ति समिति झापाका सदस्य छत्र तिम्सिनाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर