Aamsanchar

शान्तिका लागि सडक नाटक प्रदर्शन

Author Image
आइतवार, चैत १३, २०७३

झापा,

स्थानीय शान्ति समिति झापाको आयोजनामा शान्ति प्रबद्र्धनका लागि झापा जिल्लाका दमक, गौरादह र सुरुङ्गामा सडक नाटक प्रदर्शन गरिएको छ ।

स्थानीय परिवर्तन थिएटरसँगको समन्वयमा नाटक प्रदर्शन गरिएको स्थानीय शान्ति समिति झापाका कुमार फुयालले बताए । साना–साना विवादहरुले विस्तारै ठुला समस्याहरु निम्त्याउने भएकाले समयमै त्यसको निराकरण गर्न सके समाज र मुलुकमा दिगो शान्ति कायम गर्न सकिन्छ भन्ने मुख्य विषयबस्तुमा केन्द्रीत गरी सडक नाटकको माध्यमबाट सर्वसाधारणलाइ जानकारी गराउने उद्धेश्य रहेको स्थानीय शान्ति समिति झापाका संयोजक जय बहादुर श्रेष्ठले बताए ।

सामाजिक विषयबस्तुलाई मनोरञ्जनात्मक तरिकाले जनमानसमा बुझाउन नाटक प्रभावकारी भएको स्थानीय शान्ति समितिका सदस्य तथा नाटक कार्यक्रमकी संयोजक जसमाया गजमेरले बताइन । ३ स्थानमा प्रदर्शन गरिएको सडक नाटकमा बहुसंख्यक सर्वसाधारणको उपस्थितीत रहेको कार्यालय सचिव प्रविर कुमार घोषले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)