Aamsanchar

सच्चा प्रेम दर्शाउन किस गर्ने ७ तरिका

Author Image
आइतवार, साउन ८, २०७४

एजेन्सी ।

प्रेम जनाउने र आफ्नो सत्य प्रेम महशुस गराउने सबै भन्दा असरदार तरिका किस हो । किस गर्न पनि एउटा कला हो ।

तपाई यसमा जति सक्रिय हुनुसक्नु हुन्छ त्यति नै असरदार तरिकाले पार्टनरलाई प्रेम पनि महशुस हुनसक्छ । यसको लागि किसका अलग अलग तरिका प्रयोग गर्नसक्नु हुन्छ ।

पढ्नुस् ७ अलग अलग किसका तरिकाः

अमेरिकन किस

अमेरिकन किस पनि फ्रेन्च किस जस्तै हुन्छ । तर यसमा जिब्रोको प्रयोग गरिँदैन । आफ्नो पार्टनरको कम्मर समाएर आफ्नो नजिक ल्याउनुपर्छ । र राम्ररी चुम्नुपर्छ । उनको पिठ्युँमा आफ्नो हातले अलिकति सपोर्ट गरेर झुकाउन पर्छ । र रोमान्टीक पल आनन्द लिनै मै बिताउनुहोस् ।

सिंगल लिप किस

पार्टनरलाई आफ्नो प्रेमबाट प्रभावित पार्न सिंगल लिप किसले तपाईको मद्दत गर्न सक्छ । पार्टनरतिर झुक्नुहोस् र उनको एउटा ओठमा रोमान्टिक तरिकाले चुम्न सुरु गर्नुहोस् । यो कुराको ध्यान राख्नुहोस् किस गरिरहेको समय ओठलाई नकाट्नुहोस् ।

फ्रेन्च किस

पार्टनरलाई आफ्नो प्रेमको महशुस गराउनु चाहनुहुन्छ भने फ्रेन्च किस तपाईको लागि एकदमै राम्रो तरिका हो । यो तरिकाले तपाईको पार्टनरलाई पनि उत्तेजना उत्पन्न गराउँछ । यसमा आफ्नो जिब्रो आफ्नो पार्टनरको मुखमा राखेर उसलाई चारै दिशामा घुमाइन्छ । मुखसँग मुख मिलाएर फ्रेन्च किस गरिन्छ ।

लिप ट्रेस किस

पार्टनरको ओठको बीचमा मायालु पाराले आफ्नो जिब्रो बेर्नुहोस् र गर्मी जोशले किस गर्नुहोस् । यसले पार्टनरमा उत्तेजना बढ्छ र तपाई अन्तरंग पलहरुको आनन्द लिनुहोस् ।

निबल किस

आफ्नो पार्टनरलाई उत्तेजना पार्न चाहनु हुन्छ भने निबल किसको प्रयोग गर्नुहोस् । पार्टनरको तल्लो ओठलाई समाउनुहोस् र विस्तारै काटे जस्तो गर्नुहोस् । यस कुराको ख्याल राख्नुहोस् यसबीचमा बढी उग्र भएर धेरै जोरले नकाट्नुहोस् । यसले दुखाई हुन्छ र आफ्नो अन्तरंग पलहरुको मज्जा बिग्रिन्छ ।

बर्फिला किस

आफ्नो पार्टनरलाई मज्जादार तरिकाले किस गर्न चाहनु हुन्छ भने यो तरिका अपनाउनुहोस् । यो निश्चित छ यसले तपाईको पार्टनरलाई रोमान्चित गर्नेछ । आफ्नो ओठको बीचमा बरफको टुक्रा राख्नुहोस् र आफ्नो पार्टनरलाई किस गर्न सुरु गर्नहोस् । जबसम्म तपाईको मुखमा बरफ पुरै पानि बन्दैन पार्टनरलाई किस गर्दै गर्नुहोस् ।

छिपकली (छेपारो)वाला किस

के तपाईले छिपकली (छेपारो)लाई आफ्नो जिब्रो बाहिर निकाल्दै गरेको देख्नुभएको छ ? यो पनि त्यही तरिकाको एउटा किस हो । जसमा पार्टनर र आफ्नो ओठको प्रयोग बिना नै एक अर्कालाई किस गरिन्छ । कसैलाई यो केही फोहोर पनि लाग्न सक्छ तर कसैले कसैसँग गहिरो सम्बन्ध राख्न चाहनु हुन्छ भने उनको लागि यो तरिका अति नै उपयोगी हुन्छ ।-दैनिक नेपालबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 461

प्रतिक्रिया (०)

सम्बन्धित खबर