Aamsanchar

विश्व संगीत दिवस

Author Image
मङ्गलवार, असार ७, २०७३

clef-593912_960_720

प्रत्येक वर्ष जुन २१ तारिखमा मनाईने विश्व संगीत दिवस यसवर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । संगीतका माध्यमबाट मानव जीवनमा पर्ने सकारात्मक प्रभाव र महत्वको स्मरण गर्दै हरेक वर्ष विश्वसंगीत दिवस मनाउने गरिन्छ । संगीत दिवसले व्यवसायिक संगीतलाई मजबुत बनाउन र संगीत क्षेत्रकानवप्रवेशीलाई एक ठाउँमा ल्याउन मद्दत पुर्याउँदछ । संगीत दिवसका अवसरमा विभिन्नस्थानमा विशेष सांगीतिक कार्यक्रमहरु आयोजना गरिन्छ । एक अमेरिकी संगितकार जोल कोहेनले सन् १९७६ मा संगीत दिवसको अवधारणाल्याएको भए पनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको थियो । पहिलोपटक सन् १९८१ जुन २१ मा फ्रेन्च कलाकार Maurice Fleuret कोसोच अनुसार फ्रान्समायो दिवस मनाएको थियो । त्यसयता हरेक वर्षजुन २१ मा विश्व संगीत दिवस अर्थात World Music Day मनाइदै आएको  छ । अहिले संसारका एकसयबढी देशमा संगीत दिवस औपचारिक र विशेष दिवसका रुपमा मनाइन्छ।

नेपालमा भने विक्रम सम्वत् २०४५ सालदेखि संगीत दिवस मनाउन थालिएको हो। नेपालमा संगीत तथा कला क्षेत्रमा क्रियाशिल साधक एवं गायक-गायिका, लेखक-रचनाकार, संगीतकारहरुको सहभागीतामा संगीत दिवसमनाउने गरिन्छ । संगीत दिवसको अवसरमा नेपाल सांगीतिक संघले काठमाडौंमा बर्षेनीविशेष कार्यक्रम गर्दै आएको छ । यस अवसरमा कला र संगीत सम्बन्धि विचारशाला, गोष्ठी, छलफल र श्रष्टाहरुलाई सम्मान समेत गरिंदैआएको छ । नेपालले पनि विश्व संगीतसँग जोडिन संगीत दिवसलाई गतिलो अवसरका रुपमा उपयोगगर्दै आएको छ ।

नेपालको संगीत क्षेत्रको विकासमा सानै भए पनि गुणात्मक फड्को मारिएको संगीतविश्लेषकहरुको बुझाई छ । नेपालले राष्ट्रिय संगीतको दिगो विकास गर्न र मौलिकसंगीतको पहिचान गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा त्यसको प्रवर्द्धन गर्न प्रयास गरिरहेको छ। गायक-गायिकाहरुलेअन्तर्राष्ट्रियस्तरका संगीत स्टेडियमहरुमा समेत राष्ट्रिय संगीत प्रस्तुतिको मौकापाउन  थालेका छन् । नेपालमा संगीतको धुन जन्माउनेविभिन्न खालका मौलिक बाद्यवादक यन्त्रहरु प्रयोगमा छन् । जसमा नगरा, धिमे, बच्छ्याँ, मालिङ्ग, सिंच्छ्याँ, बाँसुरी, मुर्चुङ्गा, ढोलक, मादल र सारंङ्गी जस्ता यन्त्रहरु प्रमुख सूचिमापर्दछन् ।

संगीत मानव जीवनको एक अभिन्न अंग भएकोले यसलाई मानिसको मानसिक उपचारमासमेत उचित रुपमा प्रयोग गरिएको छ । तनावमा भएको बेला संगीतकै माध्यमबाट मानिसशान्त बन्दै गएको हुन्छ । पछिल्ला दिनमा संगीतलाई थेरापीका रुपमा समेत प्रयोग गरिंदै आएको पाइन्छ। २०७२ बैशाख १२ गतेको महाभुकम्पपछिप्रभावित क्षेत्रहरुमा सांगीतिक कार्यक्रमहरु आयोजनागरिएका छन् । त्यस्ता कार्यक्रमबाट भुकम्प प्रभावित मानिसहरुलाई आत्मविश्वास बढाउनमद्दत पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 331

प्रतिक्रिया (०)