Aamsanchar

रक्सी खाएर काम गर्ने मतदान अधिकृत बर्खास्त

Author Image
बुधवार, मंसिर २०, २०७४

भद्रपुरः

झापामा एक जना मतदान अधिकृतलाई बर्खास्त गरिएको छ।

झापा क्षेत्र नम्बर– ३ अन्तर्गत हल्दिबारी गाँउपालिकाको पाराखोपीमा रहेको सरस्वती आधारभूत विद्यालयमा खटाइएका मतदान अधिकृत प्रेमबहादुर लामालाई जिम्मेवारीबाट बर्खास्त गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ।

आन्तरिक राजश्व कार्यालय मेचीमा कार्यरत कर्मचारी लामाले निर्वाचन आचारसंहिताविपरीत दिउँसै रक्सी खाएर कामकाज गर्न थालेको जनगुनासो आउन थालेपछि उनलाई तत्काल जिम्मेवारीबाट बर्खास्त गरिएको मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिए।

लामालाई त्यहाँबाट हटाएर उनको स्थानमा सहायक मतदान अधिकृत सीता गुरागाईंलाई मतदान अधिकृतको जिम्मेवारी दिएको उनले बताए। सहायक मतदान अधिकृतको स्थानमा कर्मचारी यमनाथ न्यौपानेलाई पठाइएको छ।

झापामा मतदानमा खटिने कर्मचारीसँग कुनै प्रकारको सम्झौता नहुने बताउँदै आचारसंहिताविपरीत काम गर्ने कर्मचारीलाई तत्काल जिम्मेवारीबाट हटाइने रेग्मीको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर