Aamsanchar

लक्ष्मीपुरमा १३ औं अनुष्ठान सुरु

Author Image
शुक्रवार, मंसिर २९, २०७४

द्विप प्रज्जवलन गरेर अनुष्ठानको उद्घाटन गर्नु हुदै प्रमुख अतिथि गिरी ।

चारपाने, मंसिर २९ । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ लक्ष्मीपुर विहिबारे बजारमा रहेको दुर्गा पाञ्चायतन मन्दिरको आयोजनामा १३ औ अनुष्ठान सुरु भएको छ ।मन्दिरका अध्यक्ष छविलाल लम्सालको अध्यक्षतामा आयोजित कार्यक्रममा सामाजिक अभियन्ता, सहारा नेपाल साकोसका कार्यकारी निर्देशक कार्यक्रमका प्रमुख अतिथि महेन्द्रकुमार गिरीले पानमा द्विप प्रज्जवलन र विषेश अतिथि अर्जुनधारा नगरपालिका वडा नं. ५ का अध्यक्ष ध्यानबहादुर भारतीले रिवन काटेर श्री ब्रम्हा महापूराण (अनुष्ठान)को उद्घाटन गरेका थिए ।

मन्दिरका उपाध्यक्ष एलबहादुर गिरीले स्वागत गरेको कार्यक्रममा भानु माविका अध्यक्ष युवराज खड्का, अर्जुनधारा –५ का वडा अध्यक्ष ध्यानबहादुर भारती, पाण्डप सहकारी संस्थाका अध्यक्ष अर्जुन रेग्मी, विश्व हिन्दु महासंघ झापाका अध्यक्ष मोहन उप्रेती, कनकाई नगर वडा नं. ८ की जनप्रतिनिधी सदस्य सुनिता सिग्देल, मन्दिरका संस्थापक विनोद पाण्डे लगायतले मन्तव्य राखेका थिए ।कार्यक्रमको सञ्चालन मन्दिर संचालन समितिका सदस्य तेजकुमार गिरीले गरेका थिए । पुराण सम्पन्न गर्न बिभिन्न १३ वटा उपसमिति गठन गरिएको मुल आयोजक समितिका संयोजक लम्सालले बताए ।

लक्ष्मीपुरवासीको धार्मिक आस्थाको धरोहरको रुपमा स्थापित नवदुर्गा पाञ्चायत मन्दिरलाई दिर्घकालिन संचालनको लागि भरपर्दो आर्थिक श्रोत जुटाउने उदेश्यले विगतका १२ औं अनुष्ठानवाट संकलित रकम वाट निर्माण सुरु गरिएको सामुदायिक भवन सम्पन्न गर्न र २०७२ सालमा आएको भूकम्पले भत्किएको मन्दिरलाई पुन निर्णाण सम्पन्न गर्ने उदेश्य राखेर मन्दिरले यस बर्ष पनि पुराण आयोजना गरेको बताईएको छ ।

अनुष्ठानमा प्रखर पं पुरुषोतम गजुरेल र पं लक्ष्मीप्रसाद पोखरेलको व्यासत्व र पूर्वेली चर्चित भजन गायक दुर्गा ओलीले भजन प्रस्तुत गर्ने भएका छन । पुराण पुष ६ गते समापन हुने छ। 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर