Aamsanchar

झापाका मार्वल टायल्स व्यवसायी संगठित ,अध्यक्षमा कुशल

Author Image
शुक्रवार, मंसिर २९, २०७४
बिर्तामोड।
 झापाका मार्वल टायल्स व्यवसायी संगठित भएका छन् ।
 शुक्रवार बिर्तामोडमा भएको व्यवसायीहरुको भलाले झापा जिल्ला टायल्स एण्ड मार्वल एशोसिएशन गठन गरेको छ । एशोसिएशनको अध्यक्षमा व्यवसायी कुशल खतिवडा सर्वसम्मत भएका छन् ।
अध्यक्ष खतिवडा बिर्तामोड उद्योग बाणिज्य संघका कार्य समिति सदस्य समेत हुन् ।
त्यस्तै प्रथम उपाध्यक्षमा भरतकुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा जयप्रकाश सिटौला, महासचिवमा श्याम लम्साल, सचिवमा मनोहरि विमली, सह–सचिवमा भानुभक्त अधिकारी, कोषाध्यक्षमा मदन अग्रवाल, सह–कोषाध्यक्षमा नेत्र विमली चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा नर्सिङ अग्रवाल, चन्द्र भट्टराई, पंकज बजगाँई, अजय नाहाटा, गौरीशंकर यादव, बलदेव चौधरी, ध्रुव सिटौला, नवीन उप्रेती र महेश उप्रेती चयन भएका छन् । सल्लाहकारमा कुमार भट्टराई, उमेश डालमिया, मातृका कोइराला र प्रकाश शिवाकोटी चयन भएका छन् ।
झापामा मार्वल टायल्सको आयातकर्ता ४० भन्दा बढी फर्म छन् भने खुद्रा तथा ठूला गरी एक सय ५० व्यवसायी रहेका छन् । मार्वल टायल्स व्यवसाय गर्नेहरुलाई एशोसिएशनमा आवद्ध गरी व्यवसायिक हकहितका साथै सामाजिक उत्तरदायित्व वहनमा एशोसिएशन अग्रसर हुने अध्यक्ष खतिवडाले बताए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)