Aamsanchar

रेडक्रस शिवसताक्षीमा दाहाल

Author Image
बुधवार, फागुन २, २०७४

(शान्तिराम बस्नेत)
शिवसताक्षी ।

नेपाल रेडक्रस सोसाइटी शिबसताक्षी उपशाखाको २४औं साधारणसभा तथा ७औं अधिवेशनले सभापतिसहित ८ सदस्यीय सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

अधिवेशन निर्वाचन अधिकारी प्रकाशचन्द्र खरेलका अनुसार निवर्तमान सभापति लक्ष्मी ढकाल र निर्वतमान कार्यसमिति सदस्य नारायण प्रसाद दाहालले सभापतिमा उम्मेद्वारी दिएका थिए । दुवै उम्मेद्वारको आ–आफनो अडानवीच अन्ततःढकालले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि दाहाल रेडक्रस सोसाइटी शिबसताक्षी उपशाखाको सभापतिमा सर्वसम्मत चुनिएका हुन् । दाहाल शिबसताक्षी–६ निवासी हुन् ।

त्यस्तै, सदस्यहरुमा शिबसताक्षी–११ दूधेबाट नारायण बजगाई र गोविन्द काफ्ले, झिलझिलेबाट सुरज रिङ्गालुङ्ग राई, शिबसताक्षी–६ का लोकवहादुर रोक्का, भोला गुरागाई, शिबसताक्षी–६ की निर्मला गिरी लाम्गादे, तारिका तिवारी र शिबसताक्षी–९ बाट रामप्रसाद मैनाली सर्वसम्मत चुनिएका हुन् भने अरु २ सदस्यहरु समितिको पहिलो बैठकले मनोनित गर्ने नवनिर्वाचित सभापति दाहालले जानकारी दिए ।

सो अवसरमा नवनिर्वाचित कार्यसमितिका सभापतिसहित सदस्यहरुलाई शिबसताक्षी–६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले बधाई तथा कार्यकालको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)