सनसनीपूर्ण जितसँगै नेपालले विश्वकप छनोट खेल्ने पक्का

काठमाडौं :

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल एक विकेटले विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम ओभरको अन्तिम बलमा जित पक्का गरेको हो ।

यो जितसँगै नेपाल विश्व क्रिकेट लिग डिभिजन–१ मा प्रवेश गरेको छ ।

पूरै नेपाली खेल उल्टाएका करण केसीले ३१ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ४२ रन बनाएर नटआउट रहे । सँगै नटआउट रहेका सन्दीप लामिछानेले १८ बलमा पाँच रनमात्र बनाए । नेपालको जितका लागि करणको प्रदर्शन सनसनीपूर्ण रहयो ।

डिभिजन–२ अन्तर्गत मंगलबार भएको खेलमा आयोजक नामिबियाले केन्यालाई पराजित गरेपछि नेपालले क्यानडालाई हराउनैपर्ने बाध्यता थियो । मंगलबार आयोजक नामिबियाले केन्यालाई ८ विकेटको फराकिलो अन्तरले हराएसँगै नेपालले आफ्नो अन्तिम खेलमा क्यानडालाई हराउनैपर्ने बाध्यता बनेको थियो ।

केन्यालाई हराएपछि नामिबिया नेट रनरेटको आधारमा तालिकाको दोस्रो स्थानमा उक्लिएसँगै नेपालमाथि शीर्ष स्थानमा रहेको क्यानडालाई हराउनै पर्ने दबाब थियो । यद्यपी सुरुवाती अवस्थामा कमजोर प्रदर्शन गरेको नेपालका लागि करण केसी बरदान स्वरुप उदाएर नेपाललाई जित दिलाएरै छोडे ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com