Aamsanchar

दुर्घटना न्यूनीकरणमा युथ, काम भन्दा पनि भाषणमा ध्यान

Author Image
बिहिवार, फागुन ३, २०७४

झापा।

नेपालमा हुने अधिकांश सवारी दुर्घटना लापरवाहीका कारण हुने गरेको जनाउँदै वार्षिक दुईहजार जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । युथ फर रोड सेफ्टी इन नेपाल (वाइआरयस नेपाल) ले विहीवार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी त्यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

विकसित भन्दा विकासशिल देशमा सडक दुर्घटना बढी हुने गरेको संस्थाले जनाएको छ । विश्वको तथ्याङ्कलाई आधार मान्दा सवै भन्दा बढी सवारी दुर्घटना अफ्रिकी मुलुकमा हुने गरेको छ । अहिले विश्वमा १.२ मिलियन सवारी साधन सडकमा गुड्ने गरेको र सन् २०३५ सम्ममा २ मिलियन पुग्ने अनुमान गरिएको नासा नेपालका महासचिव गोविन्द भट्टराईले जानकारी गराए ।

नेपालमा दुर्घटना हुने मुख्य कारणमा सडक, साधन र चालक भएको महासचिव भट्टराईले बताए । यी तीनैपक्ष नै सुदृढ अवस्थामा नभएकैले दुर्घटना हुने गरेको पाइएको उनको भनाई छ । नेपालमा पछिल्लो ५ बर्षको तथ्याङ्कका अनुसार सो अवधिमा ८ हजार ९ सय ८२ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् ।

झापामा भएका सवारी दुर्घटनामा परी तछिल्लो तीन आर्थिक वर्ष २०७१÷०७२ मा ६६ जना, २०७२÷०७३ मा ७९ जना र २०७३÷०७४ मा ८६ जना मानिसको सवारी दुर्घटनामा परी मृत्यु भएको छ र चालू आर्थिक बर्षको यो अवधिसम्ममा ६१ जनाको मृत्यु भइसकेको तथ्याङ्क सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा बोल्दै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले सडक दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष सचेत हुनुपर्ने बताएका छन् । दुर्घटना न्यूनीकरणका लागि संघले पनि सम्वन्धित निकायसंग सहकार्य गर्दै ठोस् कदम चाल्ने उनको भनाई छ ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले दुर्घटनाको पहिलो कारण साधुरो सडक र चालकको लापरवाही भएको बताए । उनले भने सवारीको चाप उच्च हुनु, मुख्य राजमार्गमा जथाभावी खोलिएका साखाबाटो सिधै जोड्नु र राजमार्गको किनारमा पेटी नहुनुले दुर्घटनाको जोखिम बढेको छ ।

रोजिना पाण्डेको संयोजकत्वमा युथ फर रोड सेफ्टी इन नेपालका पदाधिकारीको नाम सार्वजनिक गरिएको थियो । समतिकिा सदस्यहरुमा प्रेम आचार्य, सुरेन्द्र भण्डारी, उमेश रेग्मी, दीपक दुलाल, हरि बस्नेत र गोपाल पौडेल रहेका छन् ।

युथ फर रोड सेफ्टी इन नेपाले सार्वजनिक गरेको कार्यपत्रमा सवारी साधन चलाउँदै मोवाइलमा कुरा गर्ने, यात्रुसँग गफ गर्ने, मादकपदार्थ सेवन गरी सवारी चलाउने, तिव्रगतिमा सवारी हाक्ने जस्ता कुराले सवारी दुर्घटना हुने गरेको उल्लेख छ ।

संस्थाका अध्यक्ष रोजिना पाण्डेले प्रस्तुत गरेको कार्यपत्रमा भनिएको छ सडक दुर्घटना न्युनीकरणको दायित्व ट्राफिक प्रहरीको मात्र हो भन्ने भावना त्यागेर दुर्घटना न्युनीकरणका लागि सवैले सहयोग गर्नु पर्ने छ । सवैले सडक दुर्घटना न्युनीकरणका लागि सहयोग गरे सडक दुर्घटना न्युनीकरणका लागि काम गर्ने संघ÷संस्थालाई सजिलो हुने अध्यक्ष पाण्डेले बताएकी छिन् । कार्यक्रमको सञ्चालन सुरेन्द्र भण्डारीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)