Aamsanchar

कनकाई खुला दिसामुक्त नगर

Author Image
मङ्गलवार, फागुन ८, २०७४

सुरुङ्गा।

६८औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित एक विशेष समारोहमा कनकाई नगरपालिकालाई खुला दिसामुक्त नगरपालिका घोषणा गरिएको छ ।

स्थानीय कनकाई माविको प्रांगणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि झापा क्षेत्र नं. ४का प्रतिनिधिसभा सदस्य एलपी साँवाले खुला दिसामुक्त क्षेत्र घोषणा सम्बन्धी प्रतिबद्धता वाचन गर्दै कनकाई नगर झापाकै पहिलो दिसामुक्त क्षेत्र भएकोमा सबै नगरवासीलाई बधाई दिए । कार्यक्रममा कनकाई नगरलाई खुला दिसामुक्त क्षेत्र बनाउन भूमिका खेल्ने संघ–संस्था, कर्मचारी, सञ्चारकर्मी, उत्पे्ररकहरु लगायतलाई सम्मान गरिएको थियो ।

कनकाई माविका अध्यक्ष जनार्दन उप्रेती, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, बिराट सामुदायिक अध्ययन केन्द्र विर्तामोडका अध्यक्ष मोहन शिवाकोटी, जिल्ला समन्वय समिति झापाका उपसभापति मीना पराजुली, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका प्रमुख सीताराम काफ्ले, कनकाई नगर शिक्षा अधिकृत हरिप्रसाद मिश्र, दुर्गापुर स्रोत केन्द्रका स्रोतव्यक्ति मेदनीप्रसाद पाठक लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कनकाई नगर अध्यक्ष धर्म राजवंशी, नेपाली कांग्रेस कनकाई नगर अध्यक्ष नेत्रप्रसाद चिमरिया, खुला दिसामुक्त क्षेत्र नगरका फोकल पर्सन एवम् वार्ड नं. २का वार्ड अध्यक्ष परशुराम गिरी, जिल्ला समन्वय समिति झापाका सभापति सोमनाथ पोर्तेल, झापा क्षेत्र नं. ४का प्रदेशसभा सदस्य हीराकुमार थापा लगायतले मन्तव्य राखेका थिए ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा उपप्रमुख मञ्जु प्रसाईले स्वागत गरेकी थिइन् । कनकाई वार्ड नं. ४का वार्ड अध्यक्ष गोविन्दप्रसाद पौड्यालले नगरमा क्रियाशील सबै राजनीतिक दल, जनप्रतिनिधिहरु, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, प्रहरी प्रशासन लगायत समस्त नगरवासीको सहयोगमा खुला दिसामुक्त नगर घोषणा गर्न सम्भव भएको बताए ।

सो अवसरमा स्थानीय कनकाई मावि, पशुपति अंग्रेजी मावि, भुकृटी मावि, प्यारागन एकाडेमी, सृजना युवा क्लब लगायतले नृत्य प्रस्तुत गरेका थिए । सो कार्यक्रममा नगरपालिकाको सांस्कृतिक प्रबद्र्धन कार्यक्रम अन्तर्गत राई, नेवार, मगर, सन्थाल, कोचिला, गुरुङ लगायत जातजातिका झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रम शुरु हुनु अघि नेपाल दलित उत्थान संघ, नौमती पञ्चैबाजा, लाखे नृत्यसहित विभिन्न झाँकी र ब्यानरसहितको ¥यालीले सुरुङ्गा बजार परिक्रमा गरेको थियो । कार्यक्रमको सञ्चालन वार्ड नं. ३ का वार्ड सदस्य छबि थपलिया र नगरपालिकाका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले संयुक्त रुपमा गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)