Aamsanchar

ॐ० उच्चारणले स्वास्थ्यमा यस्तो फाइदा

Author Image
मङ्गलवार, फागुन २९, २०७४

एजेन्सी ।

ॐ० शब्द बिना कसैको घरको पूजा पूरा नहुने रहेका छन् । यो प्राणायाम गर्दा सबैभन्दा पहिला आसन छनोट गर्नुपर्छ । यसको उपयोगी र उपयुक्त आसन भनेको ध्यान गर्ने आसनमा ढाड, गर्दन सीधा पारेर बस्नु हो ।

आसनपछि हल्का भएको अनुभूति गर्न आवश्यक हुन्छ । त्यसपछि बिस्तारै लामो श्वास लिनुपर्छ । पूरा श्वास लिएपछि श्वास छोड्दा ॐ को लामो उच्चारण गर्नुपर्छ । यस्तो प्रक्रिया पटक–पटक दोहोर्‍याउनुपर्छ । यसैलाई नै प्राणायाम भनिन्छ ।

परिस्थितिअनुसार कम्तीमा पाँच मिनेट यस्तो प्राणायाम गर्दा हुन्छ । प्राणायामको समय जति लम्ब्यायो, शरीरलाई त्यति नै बढी फाइदा पुग्छ ।यस्तो प्राणायामले सबै प्रकृतिका मानसिक समस्यालाई समाधान गर्छ ।

यसले एकाग्रता र स्मरण शक्ति वृद्धि गर्छ । शरीरमा स्फूर्ति बढाउने काम गर्छ । उच्च रक्तचापका भएका बिरामीले यस्तो प्राणायाम गर्दा स्वास्थ्यमा एकदम आराम मिल्ने काम गर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 407

प्रतिक्रिया (०)