Aamsanchar

असाहय जेष्ठ नागरिकहरुलाई खाद्यान्न प्रदान

Author Image
शुक्रवार, चैत २, २०७४

खाद्यान्न  वितरण गर्दे साकोस  अध्यक्ष कमल बहादुर बस्नते, सचिव सुवास भट्टराई, प्रमुख अतिथि वीरता जेसीजका अध्यक्ष, पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरी, विर्तामोड उद्योग बाणिज्य संघ उपाध्यक्ष पार्वता खरेल विमली । फोटो : विनादे पाण्डे कमल/आमसंचार 

बर्तामोड, चैत २। ‘भजन गाउनेको ओठहरुभन्दा सेवा गर्ने हातहरु पवित्र हुन्छन्’– भन्ने यथार्थ आत्मसाथ गरी बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार स्थानीय परोपकार अनुसन्धान केन्द्र तथा वृद्धाश्रमका वृद्धवृद्धालाई खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ ।

वृद्धाश्रममा आयोजित कार्यक्रममा प्रमुख अतिथि वीरता जेसीजका अध्यक्ष तथा पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, सिम्रिक साकोसका अध्यक्ष कमलबहादुर बस्नेत लगायतले उक्त सामग्री हस्तान्तरण गरेका थिए । वृद्धवृद्धालाई गाम्चा र टोपी पहिर्याएर फलफूल तथा मिठाई प्रदान गर्नुका साथै चामल, दाल, तेल लगायतका खाद्य सामग्री प्रदान गरिएको संस्थाका सचिव सुवास भट्टराईले जानकारी दिए ।

संस्थाका अध्यक्ष बस्नेतको अध्यक्षतामा भएको समारोहका वक्ताले सिम्रिक साकोसको सामाजिक उत्तरदायित्व अन्तर्गतको उक्त सेवा कार्यको प्रशंसा गरे । प्रमुख अतिथि गिरीले सिम्रिक साकोसले सामाजिक उत्तरदायित्वको क्षेत्रमा निर्वाह गरेको भूमिकाले अरुलाई पनि संस्कार सिकाएको बताउँदै मानव जीवनलाई सार्थक बनाउन सबैले सेवामार्गमा अग्रसर हुनुपर्ने बताए । सिम्रिकले आफ्नो सातौं वार्षिकोत्सवको अवसर पारी वृद्धाश्रममा सहयोगसहित विभिन्न कार्यक्रम तय गरेको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष पार्वता खरेल विमली, वृद्धाश्रमका अध्यक्ष बिक्रम मादेन लगायतले सिम्रिक साकोसको सहयोगको सराहना गरे । १५ हजार भन्दाबढी सदस्य रहेको सिम्रिकले झापा जिल्लाभर सेवा पुर्याउँदै आएको छ । उक्त संस्थाले यसअघि पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषलाई ५१ हजार रुपैयाँ प्रदान गरेको थियो ।

भूकम्पपीडित, बाढीपीडितलाई सहयोगका साथै अन्य सामाजिक काम गर्दै आएको संस्थाले स्वास्थ्य सेवामा समेत सर्वसाधारणको पहुँच वृद्धिका लागि आँखा उपचार शिविर लगायतका कार्यक्रम सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष बस्नेतले बताए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर