Aamsanchar

डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी

Author Image
बिहिवार, वैशाख १३, २०८१

काठमाडौँ । फ्रेन्च लिग अन्तर्गत पिएसजीले लोरिएन्टलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले लोरिएन्टलाई ४(१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा ओसमान डेम्बेले र किलीयन एम्बाप्पेले २(२ गोल गरेका थिए । त्यस्तै लोरिएन्टका लागि मोहमद बाम्बाले एक गोल गरेका थिए ।

यो जितपछि पिएसजीले लिग वानमा आफ्नो अग्रता बढाएको छ । ३० खेलमा ६९ अंकसहित पिएसजी शिर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको मोनाको भन्दा ११ अंकले अगाडी रहेको छ । त्यसैगरी लोरिएन्टको ३० खेलमा २६ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर