Aamsanchar

झापाकी पहिलो महिला सम्पादक÷प्रकाशक सम्मानित

Author Image
शनिवार, चैत ३, २०७४

काँकडभिट्टा, 

‘नारी सञ्चार गृह’ले आज झापाको पहिलो महिला सम्पादक तथा प्रकाशकलाई सम्मान गरेको छ ।

विसं २०२६ मा प्रकाशक÷सम्पादकको भूमिका निर्वाह गर्दै झापाली पत्रकारितामा कलम चलाउने पहिलो महिला पत्रकार बेदकुमारी रेग्मीलाई नगद पुरस्कार, सम्मानपत्र र दोसल्ला अर्पण गर्दै सम्मान गरिएको हो ।

माघ २५ गते भएको अधिवेशनबाट निर्वाचित सञ्चार गृहको नेतृत्वको पद हस्तान्तरण कार्यक्रममा रेग्मीलाई सम्मान गरिएको हो ।

एकासी वर्षीय रेग्मी बिरामीका कारण कार्यक्रममा उपस्थित हुन सक्नुभएन । सो पुरस्कार उहाँका श्रीमान् तथा वरिष्ठ साहित्यकार चूडामणि रेग्मीले ग्रहण गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर