Aamsanchar

खेतीयोग्य जमीन बाँझो राख्न नपाइने

Author Image
सोमवार, चैत ५, २०७४

पोखरा, 

प्रदेश नं ४ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सुक्खा जमिनमा सिँचाइको व्यवस्था गर्दै कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाइने बताउनुभएको छ ।

प्रदेश र नेपाल सरकारअन्तर्गतका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विश्व खाद्य कार्यक्रमद्वारा यहाँ आज आयोजित ‘संघीय संरचनामा नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (नेक्साप)’ विषयको अन्तक्र्रियामा उहाँले गाउँ तथा शहरका खेतीयोग्य जमीन बाँझो राख्न नपाउने नियम लागू गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइने बताउनुभयो । पछिल्ला समयमा भइरहेका खेतीयोग्य जमिनका खण्डीकरण रोक्न आफूले ऐन, नियम र नीति तयार पार्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा कृषि मन्त्रालयका सहसचिव ईश्वरप्रसाद रिमालले यसअघि धान, मकै र गहुँलाई मात्र खाद्य सुरक्षामा राखिए पनि हाल मकै, कोदो, फापर, आलुलगायतलाई समेटिसकिएको जानकारी दिँदै निकट भविष्यमा तरकारी, माछा, मासुलगायतलाई समेट्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।

प्रदेश नं ४ का कृषि सचिव शरदचन्द्र श्रेष्ठले प्रदेशका सम्भावनालाई दृष्टिगत गरी दीर्घकालीन सोचका साथ कृषि विकासका योजना अघि बढाइने बताउनुभयो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा बुद्धिसागर पौडेलले खाद्य सुरक्षामा प्रदेश नं ४ अब्बल रहेको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर