Aamsanchar

बिर्तामोडमा गुड्दै गरेको कारमा आगलागी

Author Image
बिहिवार, चैत ८, २०७४

बिर्तामोड ।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको बिर्तामोडमा बिशिबार दिउँसो गुड्दै गरेको कारमा आगलागी भएको छ । बिर्तामोडको मेगा कम्लेक्स अगाडी सडकमा मे १ च ५३५५ नम्बरको कारमा आगलागी भएको हो ।

कारमा आगलागी हुँदै गर्दा स्थानीयले नियन्त्रण प्रयास गरेका थिए । त्यसपछि बिर्तामोड नगरपालिकाको बारुणयन्त्रले आगलागी पूर्णरुपमा नियन्त्रणमा लिएको हो । झापाका रविन कार्कीको सो गाडीको अघिल्लो भागमा क्षती पुगेको छ ।

गाडी कुद्दा कुद्दै अचानक आगलागी भएपछि आफु गाडी रोकेर बाहिर निस्केको चालक अर्जुनधाराका मोहन दाहालले बताए । ब्याट्री सर्ट भएर आगलागी भएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ ।

गार्डीको अगाडीको भागमा क्षति पुगेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर