Aamsanchar

प्रवासी भुजेल समाज युएईको छैटौं वार्षिकोत्सव सम्पन्न

Author Image
शनिवार, चैत १७, २०७४

[सुर्य खवास]

युएई,

प्रवासी भुजेल समाज सेवा समिती युएईको छैटौं वार्षिकोत्सव कार्यक्रम नेपाल आदिवासी जनजाती महासंघ युएईकि महिला विभाग प्रमुख मनकुमारी सुनुवारको प्रमुख आतिथ्यमा हिजो ३० मार्चका दिन आबुधाबी स्थित फुडल्याण्ड रेष्टुरेण्टको सभा हलमा सम्पन्न भयो ।

राष्ट्रीय गान बाट शुरु भएको कार्यक्रमको उदघाटन प्रमुख अतिथ सुनुवारले केक काटेर गर्नु भएको थियो ।कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष एवं सल्लाहकार यम बहादुर घर्तीले समाजले आज सम्म गरेका कार्यहरुको बारेमा चर्चा गर्दै आगामी दिनहरुमा अझ प्रवाभकारी रुपले काम गर्न सबैले हातेमालो गर्दै अघि बढनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा बोल्दै अर्का वक्ता समाजका संस्थापक अध्यक्ष सुर्य बहादुर खवासले भुजेलहरुको आफ्नै संस्कार, संस्कृती, भाषा र मौलिक पहिचानको बारेमा चर्चा गर्दै हामिले आउने पुस्तालाई सहि पहिचान हस्तान्तरण गर्न सकेनौ भने आउने पुस्ताले माफ नगर्ने बताउनु भयो । हाम्रो समाजमा आफुलाई उच्च बर्ग ठान्नेहरुले हाम्रो पहिचान वि।स। १९८१ पछिको हो भन्ने भ्रम शृजना गरि शोषण गर्दै आएको हुँदा अब पनि सचेत नहुने हो भने हाम्रो समुदाय अझै ५० वर्ष पछि धकेलिने बताउदै आफ्नो ईतिहास र पहिचानको बारेमा स्पष्ट हुनु पर्नेमा जोड दिनु भयो ।

प्रमुख अतिथिको आशनबाट बोल्दै सुनुवारले आदिवासी जनजातिहरुको पहिचान स्थापित गर्न सबै जातिय समाज सँग हातेमालो गर्दै अघि बढने बताउदै आगामी दिनहरुमा आफ्नो पहिचानको लडाईमा खरो उत्रन सकोस भन्दै शुभकामना व्यक्त गर्नु भयो ।

समाजका अध्यक्ष सुर्य बहादुर भुजेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा किरात यायोक्या, आबुधाबी क्षेत्रीय अध्यक्ष रमेश, नेपाल मगर संघ युएई शाखा उपाध्यक्ष चन्द्रा पुलामी, तमु समाज युएईकी पवित्रा गुरुङ, तमाङ समाज युएईका विरु वाईवा तामाङ, सुनुवार सेवा समाज युएईका शैलेन्द्र सुनुवार, किरात याक्थुङ चुम्लुङका दिपराज नेयोङहाङ्गले शुभकामना व्यक्त गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य समाजका प्रथम अध्यक्ष रन्जन भुजेलले गर्नु भएको थियो भने कार्यक्रम संचालन महासचिव मीन बहादुर भुजेलले गर्नु भएको थियो ।

औपचारिक कार्यक्रम पश्चात स्थानिय भुजेल कलाकारहरुको प्रस्तुतिमा विविध सांस्कृती कार्यक्रमको आयोजना गरिएको थियो । जसमा लोकदोहोरी गायक युवराज भुजेल र वशन्ती जिएमले दमदार प्रस्तुति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)