Aamsanchar

फरार अभियुक्त प्रदेशसभा सदस्य दीपक मनाङ्गे पक्राउ

Author Image
बिहिवार, वैशाख ६, २०७५

काठमाडौं : 

मिलन गुरुङलाई तरबार हानेको मुद्दाका फरार अभियुक्त प्रदेशसभा सदस्य दीपक मनाङ्गे पक्राउ परेका छन्। मनाङबाट स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका मनाङगेलाई बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहन थापाका अनुसार मनाङगे स्वयम्भूको तीनधारा क्षेत्रबाट पक्राउ परेका हुन्। २०६१ सालमा मिलन गुरुङ (चक्रे)माथि खुकुरी प्रहार भएको मुद्दामा गुरुङलाई अदालतले दोषी ठहर गरेको थियो।

पुनरावेदन अदालत पाटनले २०६९ सालमा मनाङ्गेलाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत पाँच वर्षको सजाय सुनाएको थियो।
सोही मुद्दालाई गत माघमा सर्वोच्च अदालतले सदर गरेको हो। सर्वोच्चका न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको पुनरावेदन पाटनको फैसला सदर गरेका थिए।

सोही मुद्दामा गणेश लामा, उमेश लामालगायतले भने सफाई पाएका थिए। -अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर